फलोअर्सको चाहना पुरा गर्दा अस्ताइन् माओ « Khabarhub

फलोअर्सको चाहना पुरा गर्दा अस्ताइन् माओ


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ(अमरउजाला)– आजकल चर्चामा आउनका लागि मानिसहरु जुनसुकै हतकण्डा अपनाउन तयार छन् । खासगरी सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेका युवाहरु आफ्नो फलोअर्सको संख्या बढाउन जे पनि गर्न तयार हुन्छन् ।

यस्तै एक घटना चीनमा भएको छ । चीनकी लोकप्रिय सामाजिक सञ्जाल प्रवर्द्धक लुओ शाओ माओ माओजीले फलोअर्सको कुरा मान्दा ज्यान गुमाउनु परेको छ । सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङको समयमा शाओले किरा मार्ने औषधी सेवन गर्दा उनको निधन भएको हो । उनलाई फलोअर्सले औषधि खान उकासेका थिए ।

औषधि सेवन गरेको केही समयमा नै शाओको स्वास्थ्यमा समस्या आएको थियो । उनले आफैं एम्बुलेन्सलाई फोन गरेर बोलाएकी थिइन् । एम्बुलेन्सबाट उनी अस्पताल पुगे पनि उनका लागि त्यो समय ढिला भइसकेको थियो । डाक्टरले अथक प्रयास गरे पनि माओलाई बचाउन सकेनन् ।

उनले आफ्नो अन्तिम भिडियोमा फलोअर्सलाई ‘सायद यो मेरो अन्तिम भिडियो हो, किनकी म लामो समयदेखि डिप्रेसनबाट पीडित छु’, भनेकी थिइन् ।

माओको डाउयिन नामक सामाजिक सञ्जाल प्लेटफर्मममा ६७ हजारभन्दा बढी फलोअर्स छन् । यो घटना अक्टोबर १४ मा भएको हो । माओका एक साथीका अनुसार उनी आफ्नो प्रेमीका कारण तनावमा थिइन् । उनको उद्देश्य औषधि सेवन गरेर ज्यान गुमाउने थिएन । उनी केवल आफ्नो प्रेमीलाई ध्यानाकर्षण गर्न चाहन्थिइन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ४ : १४ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्