फलोअर्सको चाहना पुरा गर्दा अस्ताइन् माओ « Khabarhub

फलोअर्सको चाहना पुरा गर्दा अस्ताइन् माओ


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ(अमरउजाला)– आजकल चर्चामा आउनका लागि मानिसहरु जुनसुकै हतकण्डा अपनाउन तयार छन् । खासगरी सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेका युवाहरु आफ्नो फलोअर्सको संख्या बढाउन जे पनि गर्न तयार हुन्छन् ।

यस्तै एक घटना चीनमा भएको छ । चीनकी लोकप्रिय सामाजिक सञ्जाल प्रवर्द्धक लुओ शाओ माओ माओजीले फलोअर्सको कुरा मान्दा ज्यान गुमाउनु परेको छ । सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङको समयमा शाओले किरा मार्ने औषधी सेवन गर्दा उनको निधन भएको हो । उनलाई फलोअर्सले औषधि खान उकासेका थिए ।

औषधि सेवन गरेको केही समयमा नै शाओको स्वास्थ्यमा समस्या आएको थियो । उनले आफैं एम्बुलेन्सलाई फोन गरेर बोलाएकी थिइन् । एम्बुलेन्सबाट उनी अस्पताल पुगे पनि उनका लागि त्यो समय ढिला भइसकेको थियो । डाक्टरले अथक प्रयास गरे पनि माओलाई बचाउन सकेनन् ।

उनले आफ्नो अन्तिम भिडियोमा फलोअर्सलाई ‘सायद यो मेरो अन्तिम भिडियो हो, किनकी म लामो समयदेखि डिप्रेसनबाट पीडित छु’, भनेकी थिइन् ।

माओको डाउयिन नामक सामाजिक सञ्जाल प्लेटफर्मममा ६७ हजारभन्दा बढी फलोअर्स छन् । यो घटना अक्टोबर १४ मा भएको हो । माओका एक साथीका अनुसार उनी आफ्नो प्रेमीका कारण तनावमा थिइन् । उनको उद्देश्य औषधि सेवन गरेर ज्यान गुमाउने थिएन । उनी केवल आफ्नो प्रेमीलाई ध्यानाकर्षण गर्न चाहन्थिइन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ४ : १४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु