विपक्षी गठबन्धनलाई एमालेको चुनौती : ताजा जनादेशमा जाऔँ, कसलाई जनताले पत्याउँछन् हेरौँ « Khabarhub

विपक्षी गठबन्धनलाई एमालेको चुनौती : ताजा जनादेशमा जाऔँ, कसलाई जनताले पत्याउँछन् हेरौँ


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशका सत्तारुढ दल नेकपा एमालेले विपक्षी गठबन्धनलाई ताजा जनादेशमा जान चुनौती दिएको छ । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमालेका प्रदेशसभा सांसद् रामेश्वर फुयाँलले विपक्षी गठबन्धनलाई ताजा जनादेशमा गएर जनताको विश्वास मापन गर्न चुनौती दिएका हुन् ।

एमाले नेतृत्वको सरकारले जनपक्षीय काम गरेको भन्दै उनले अहिले पनि जनताको विश्वास एमालेमाथि नै रहेको दाबी गरे । तर, विपक्षी गठबन्धनले लगाएको आरोप खण्डन गर्दै उनले भने, ‘म विपक्षी गठबन्धनलाई भन्न चाहन्छु, ताजा जनादेशमा जाऔँ र जनताको विश्वासको परीक्षण गरौँ ।’

बिहीबार जारी बैठकमा अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेको प्रस्तावमाथि छलफल भइरहेको छ । तर, माओवादी केन्द्र, कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जसपा सम्मिलित गठबन्धन सो प्रस्तावको विपक्षमा उभिएका छन् ।

उक्त प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेलले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका छन् ।

प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो ।

माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी) सँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सांसद छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ७ : ५४ बजे

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने