सीटीईभीटीलाई उत्पादनमा केन्द्रित गरिनुपर्छ : मन्त्री पौडेल (भिडियो) | Khabarhub Khabarhub

सीटीईभीटीलाई उत्पादनमा केन्द्रित गरिनुपर्छ : मन्त्री पौडेल (भिडियो)


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् ।

शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा अनुगमन गर्न गएका मन्त्री पौडेलले सीटीईभीटी प्राविधिक जनशक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्ने र दक्ष जनशक्तिलाई रोजगारसँग जोडेर उत्पादनमूखी बनाउनुपर्ने बताए ।

उनले सीटीईभीटी जस्ता संस्थालाई ज्ञान, तालिम, सीप र उत्पादनमा केन्द्रित गर्दै परिषद्का कर्मचारीले अल्छिपना,उदाशिनता, लापरवाही र भ्रष्टाचार जस्ता गतिविधिलाई त्याग्न सकेको खण्डमा मात्र यसले आफ्नो उद्देश्य पूरा गर्नेमा जोड दिए ।

प्राविधिक विद्यालयको लक्षित समूदाय भनेको आधारभूत जनता भएकाले जनताको जिवस्तार सुधार गर्न दक्ष जनशक्ति उत्पादनमा परिषद्को भूमिका अहम हुने उनको भनाइ छ । उनले सीटीईभीटी दक्षजनशक्ति उत्पादन, ज्ञान, रोजगारी र उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

सिटिईभिटीको २०६९ सालदेखि रोकिएका सम्बन्धनको विषयमा टुंगो लगाउँदै आवश्यकताको आधारमा स्थानीय तहमा विद्यालयलाई प्राविधिक शिक्षा सञ्चालन गर्न सम्बन्धन दिनुपर्ने मन्त्री पौडेलको भनाइ छ ।

मन्त्री पौडेलले संविधानमा लेखिएको सीप सिक्ने, काम गर्ने, र आत्मनिर्भर बनाउने राज्यको नारा कार्यान्वयन गर्नुपर्ने बताए ।

यस्तै, शिक्षा राज्य मन्त्री वोधमाया कुमारी यादवले सीटीईभीटीले ग्रामीण जिल्लाका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्यापनलाई स्विकृति प्रदान गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘प्राविधिक शिक्षा जनमूखी छ यसलाई गाउँ गाउँमा पुर्‍याउनुपर्छ ।’

सीटीईभीटीको आवश्यकता र औचित्यको विषयमा मन्त्रीलाई प्रष्ट पार्दै मन्त्रालयका सचिव रामप्रसाद थपलियाले गुणस्तरीय पूर्वाधार विना नै विद्यालयलाई सम्बन्धन दिन नहुने बताए ।

उनका अनुसार कर्मचारी अभावका कारण सीटीईभीटी आफैमा समस्या ग्रस्त छ । स्थायी दरबन्दी छैन । करारमा कार्यरत कर्मचारीको भरमा चलेको छ ।

उनले सरकारले जारी गरेको राष्ट्रिय शिक्षा निति २०७७ ले ७० प्रतिशत प्राविधिक शिक्षामा जोड दिनुपर्ने भनेपनि प्राविधिक शिक्षालय जनशक्ति अभावमा थल्लिनुपरेको बताए ।

संघीय शिक्षा ऐन जारी नहुँदा समस्या देखिएको भन्दै प्राविधिक शिक्षालयमा बजेटको व्यवस्थापन पनि नमिलेको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ९ : १३ बजे

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको