कात्तिक १० गतेदेखि सुर्खेतमा काँक्रेविहार गोल्डकप हुँदै « Khabarhub

कात्तिक १० गतेदेखि सुर्खेतमा काँक्रेविहार गोल्डकप हुँदै


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगरमा यही कात्तिक १० गतेदेखि काँक्रेविहार गोल्डकपको आयोजना हुने भएको छ । काँक्रेविहार युवा क्लबको आयोजनामा सञ्चालन हुने यो अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता हो ।

क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले प्रतियोगितामा सुर्खेतका नौ स्थानीय तहका फुटबल टोलीले सहभागिता जनाउने बताए । उनका अनुसार प्रतियोगिताका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार तथा ट्रफी पाउनेछन् । कात्तिक १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि टिम दर्ताको समय आइतबारसम्म तोकिएको छ ।

हालसम्म सात टिमले सहभागिता निश्चित गरिसकेका छन् । टिम दर्ताका लागि रु १० हजार शुल्क तोकिएको छ । कर्णालीमा फुटबल खेलको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ११ : ४५ बजे

डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम

काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई