एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, महाधिवेशनमा विद्युतीय मेशिन प्रयोग हुने « Khabarhub

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, महाधिवेशनमा विद्युतीय मेशिन प्रयोग हुने


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) ले महाधिवेशनको प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनको बिषयमा छलफल गर्न र प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न यही कात्तिक १२ गते केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको हो ।

सोही विषयमा नै छलफल गर्न कात्तिक ११ गते स्थायी कमिटी बैठक बोलाइएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनका लागि २०७७ चैत्र मशान्तसम्म नवीकरण र नयाँ सदस्यता बनेका योग्य हुने निर्णय बैठकले गरेको छ ।

महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेशिन प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै बैठकले १० बँुदे सहमति कार्यान्वयनका लागि देखिएका समस्या केन्द्रीय कमिटी बैठक अघि नै समाधान गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताए ।

यसैबीच १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै रावलले राजीनामा दिका हुन् । कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि कार्यदलमा बस्नुको औचित्य नभएको भन्दै राजीनामा दिइएको उनले बताए ।

रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन् । स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि उनले असहमति जनाए । शुक्रबारको बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहम्मद समिरलाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : ११ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली