नेकपा (एस) को ७३ जिल्ला कमिटी गठन | Khabarhub Khabarhub

नेकपा (एस) को ७३ जिल्ला कमिटी गठन


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७३ जिल्ला कमिटी गठन गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले शुक्रबार जारी गरेको विज्ञप्तिमा चारवटा गैरभौगोलिक जिल्ला कमिटीसमेत गठन गरिएको छ । पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरिएको छ ।

अहिले सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ भने विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चको गठनका क्रममा छन् ।

देशबाहिर विभिन्न प्रवास कमिटीसमेत गठन भइरहेका छन् । पार्टी निर्माणका पक्षमा देशभरका हजारौँ युवा, विद्यार्थी कार्यकर्ताको स्वःस्फूर्त सहभागिता रहेको विज्ञप्तिमा जनाइएको छ ।

पार्टीको आधिकारिक प्रकाशनतर्फ केन्द्रीय मुखपत्रका रूपमा ‘समाजवाद’ र गतिविधिमूलक प्रकाशनका रूपमा ‘कलम’ को प्रकाशन तयारी भइरहेको छ । त्यसमध्ये ‘कलम’ को प्रकाशन एक साताभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको जनाइएको छ ।

पार्टीको आधिकारिक वेबसाइट, विभिन्न सामाजिक सञ्जालमा पार्टीको उपस्थितिका निम्ति प्राविधिक कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरिएको विज्ञप्तिमा पार्टीका पाँच सङ्घीय सांसदले मन्त्रिपरिषदमा सहभागिता जनाएको भनिएको छ ।

प्रदेश १ र बागमती प्रदेश सरकारको आगामी नेतृत्व पार्टीले गर्ने सहमति पाँच दलीय गठबन्धनको बैठकले गरिसकेको जनाइएको छ ।

गत भदौ ९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको पार्टीले केन्द्रीय कमिटीलाई पूर्णता दिने काम सम्पन्न भएको छ । सम्पूर्ण प्रदेश तथा प्रदेशस्तरका कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिवसहितका पदाधिकारी तोकिएका छन् ।

केन्द्रीय आयोग र निकायहरु गठन भइसकेका छन् । केन्द्रीय विभागका प्रमुख, उपप्रमुखहरु तोकिएका छन् । ती विभागहरुलाई पूर्णता दिनका निम्ति देशभरबाट विभागको कार्यक्षेत्र, प्रकृति र चरित्रअनुसारका छनोट गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । सबै जनसङ्गठन, पेशागत तथा सामुदायिक सङ्गठनहरुको विभिन्न तहका कमिटी गठन, पुनर्गठन तथा रूपान्तरणका काम जारी छन् ।

पार्टीको सम्पूर्ण जिल्ला कमिटी, जनसङ्गठनसहित विविध पेशागत तथा सामुदायिक सङ्गठनका इञ्चार्ज तथा सहइञ्चार्ज तोक्ने काम सम्पन्न भएको जनाइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : ३७ बजे

सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित, यस्तो छ कारण

काठमाडौं– सुनिता विलियम्सको अन्तरिक्षमा तेस्रो मिसन प्रक्षेपण हुनु केही घण्टा

उपेन्द्र यादव र अशोक राईबीच भएन संवाद, नेताहरू भन्छन् : हामीले नयाँ यात्रा थालिसक्यौँ

काठमाडौं– उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमण सकेर मंगलबार

सीप मेलाका प्रशिक्षार्थी भन्छन्- हाम्रा लागि ठूलो सहयोग भयो

काठमाडौं– माली तालिम लिन आएका प्रशिक्षार्थी भन्छन्, पैसा तिरेर तालिम

समीकरण फेरिएपछि दलमा विचलन आउनुहुन्न : महासचिव पोखरेल

ताप्लेजुङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ राजनीतिक समीकरणबाट सरकार

पार्टी फुटबारे प्रधानमन्त्रीसँग उपेन्द्र यादवको वार्ता, तत्काल सरकार नछाड्ने

काठमाडौं– अमेरिकाबाट मंगलबार बिहान फर्किएलगत्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष