साढे ४ लाख कोरोना संक्रमित थपिए, मृत्यु कति ? | Khabarhub Khabarhub

साढे ४ लाख कोरोना संक्रमित थपिए, मृत्यु कति ?

३ लाख ८३ हजार ९२६ जना संक्रमणमुक्त


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा साढे ४ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ४ लाख ५० हजार ९८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हिजो शुक्रबार ३ लाख ३४ हजार १५६ जनामा कोरोना पुष्टि भएको थियो ।

आज अमेरिकामा ७८ हजार ८६३, बेलायतमा ४९ हजार २९८, रुसमा ३७ हजार १४१, टर्कीमा २८ हजार १९२, भारतमा १६ हजार ३३१ र ब्राजिलमा १४ हजार ५०२ जना कोरोना संक्रमित थपिएका हुन् ।

यही अवधिमा ३ लाख ८३ हजार ९२६ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै अमेरिकामा ९७ हजार ६५० जना संक्रमणमुक्त भएका हुन् । त्यसैगरी टर्कीमा ३० हजार, बेलायतमा २८ हजार, रुसमा २५ हजार, भारतमा १७ हजार र ब्राजिलमा ९ हजार बढी एकैदिन निको भएका छन् ।

गत २४ घण्टामा ७ हजार ६२७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा एक हजार ५३५, रुसका एक हजार ६४, भारतमा ६६६, ब्राजिलमा ४४७, टर्कीमा २२८ र बेलायतमा १८० जना रहेका छन् ।

यसअघि हिजो ४ लाख २८ हजार ३५ जना कोरोनामुक्त भएका थिए भने ४ हजार ८११ जनाको मृत्यु भएको बताइएको थियो ।

यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड ३७ लाख ४ हजार ४३२ पुगेको छ । तीमध्ये २२ करोड ८ लाख ३१ हजार १३४ जना निको भइसकेका छन् भने ४९ लाख ५२ हजार ८३१ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ६ : ४५ बजे

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन

मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।