आईसीसी टी-२० : आज समूह ‘ए’ का दुई खेल हुने « Khabarhub

आईसीसी टी-२० : आज समूह ‘ए’ का दुई खेल हुने


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी टी-२० विश्वकप अन्तर्गत आज शनिबार सुपर १२ समूह ‘ए’ का दुई खेल हुने भएका छन् ।

पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा इंग्ल्यान्ड र वेस्टइन्डिज खेल्नेछन् ।

भोलि आइतबार सुपर १२ को समूह ‘बी’ का खेलहरु हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश तथा दोस्रो खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि शुक्रबार भएका दुई खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका र आयरल्याण्डलाई हराउँदै नामिबिया सुपर-१२ मा पुगेको छ।

सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, समूह ‘बी’ को उपविजेता बंगलादेश र समूह ‘ए’ को विजेता श्रीलंका छन् ।

सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, पहिलो चरणको समूह ‘बी’ को विजेता स्कटल्यान्ड र समूह ‘ए’ को उपविजेता नामिबिया छन् ।

सुपर १२ बाट दुवै समूहका शीर्ष २-२ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ७ : ५४ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले