उपमेयर कप महिला लिगका लागि धनकुटाको टोली काठमाण्डौ प्रस्थान | Khabarhub Khabarhub

उपमेयर कप महिला लिगका लागि धनकुटाको टोली काठमाण्डौ प्रस्थान


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा – उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता लागि धनकुटा नगरपालिकाको टोली काठमाण्डौ प्रस्थान गरेको छ। ४ गतेदेखि सुरु भएको लिगमा भाग लिन टोली काठमाण्डौ प्रस्थान गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिग छनोटको रुपमा आयोजना गरेको प्रतियोगिताको दोस्रो संस्करण एन्फा कम्प्लेक्स सातदोबाटो भइरहेको छ। धनकुटा नगरपालिकाको २५ जनाको टोली प्रस्थान गरेको हो।

धनकुटा फुटबल संघको सहकार्यमा धनकुटा नगरपालिकाले खेलाडि छनौट गरेको हो। काठमाण्डौ रहेको टोलिलाई सबै व्यवस्थापन धनकुटा नगरपालिकाले गर्ने जनाइएको छ।

धनकुटा नगरपालिकाको टोली आगमाी १० गते कैलालीको धनगढी नगरपालिकासँग र १४ गते गोकर्णेश्वर नगरपालिका काठमाडौँसँग प्रतिष्पर्धा गर्ने जनाइएको छ।

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगितामा सहभागी ३१ टोली सहभागि रहेको र ती टोलीलाई १० समूहमा विभाजन गरिएको एन्फाले जनाएको छ। जसमा समूह ए मा चार र अन्य समूहमा तीन टोली रहेका छन। समूहका विजेता ‘नक आउट’ चरणमा प्रवेश गर्नेछन। २२ कात्तिकमा नक आउट चरणका खेल सुरु हुनेछन। फाइनलमा पुग्ने दुई टोली भने यसै वर्ष हुने राष्ट्रिय महिला लिगमा छनोट हुनेछन।

गत सिजन राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेका तीन विभागीय ९नेपाल पुलिस, आर्मी, एपीएफ० सहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले प्रतियोगितामा ‘बाई’ पाएका छन। दुई क्लब छनोट भएसँगै अर्को राष्ट्रिय लिग खेल्ने टोली आठ पुग्नेछन्। यसपटक छनोट खेलमा प्रत्येक टोलीले चार विभागीय खेलाडी खेलाउन पाउने प्रावधान छ।

उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ। फेयर प्ले टिमले नगद ५० हजार पाउनेछ। यता, विधागततर्फ उत्कष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार प्राप्त गर्दा एक सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन। यस्तै प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले पाँच हजार रुपैयाँ पाउनेछन।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १२ : ०६ बजे

हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका–८ आमथलास्थित भित्री सडकखण्डमा आज दिउँसो

झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा

झापा – शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

निकोलस भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं – विवादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका निकोलस भुसालको

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

काठमाडौं – ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस