ओलीले आफ्नो भक्तिगान गर्नेलाई चाकर बनाएर राखे : झाँक्री « Khabarhub

ओलीले आफ्नो भक्तिगान गर्नेलाई चाकर बनाएर राखे : झाँक्री


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो भक्तिगान गर्नेलाई चाकर बनाएको टिप्पणी गरेकी छन् ।

शनिबार नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आयोजना गरेको विजया दशमी तथा शुभ दीपावली २०७८, नेपाल संवत् ११४२ र छठ पर्वको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्री ओलीमाथि खनिइन् ।

उनले ओलीमा लोकतान्त्रिक चरित्र नभएकोसमेत जिकिर गरिन् । ओलीले आफ्नै बहुमतको सरकार हुँदासमेत असलशासन दिन नसकेको बताइन् । उनले ओलीको जीवनमा लोकतन्त्रको असल अभ्यास कहीँ कतै पनि नभेटिने टिप्पणी गरिन् ।

मन्त्री झाँक्रीले संविधानको रक्षा गर्दै जनताको भावना र चाहनाअनुसार जिम्मेवारीपूर्वक काम गरेर देखाउने बताइन्। ‘मैले पाएको जिम्मेवारीलाई जनभावनाअनुसार इमान्दारीका साथ निभाउन प्रयास गर्नेछु’, उनले भनिन्, ‘वर्तमान सरकारले देशमा भइरहेको भ्रष्टाचार र कुशासनविरुद्ध काम गर्नेछ।’

कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले केपी ओलीले उद्घाटन तथा शिलान्यास गरेको कुनै पनि योजनाका आधिकारिक कागजात मन्त्रालयमा नभेटिएको र ओलीले सस्तो लोकप्रियताका लागि मात्रै ती काम गरेको पाइएको बताइन्।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ९ : ४७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका