धनगढीबाट आज दीपायल र बझाङमा परीक्षण उडान | Khabarhub Khabarhub

धनगढीबाट आज दीपायल र बझाङमा परीक्षण उडान


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेपाल वायुसेवा निगमले आज आइतबार धनगढीबाट बझाङ परीक्षण उडान गर्ने भएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ यात्रुको चाप बढेपछि धनगढीलाई बेस बनाएर अरु जिल्लामा हवाइ सेवा सञ्चालन गर्नका लागि परीक्षण उडान हुने भएको हो ।

लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाइ यात्रा एकमात्र विकल्पका रूपमा रहेको छ ।

धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उडानका लागि तालिका सार्वजनिक गरिसकेको छ ।

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आइतबार पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा हुने बताए। धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडादर कायम भएको छ ।

धनगढीदेखि बझाङ तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम भएको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आज बिहान नेपाल वायुसेवा निगमले धनगढी बझाङ उडान गर्नेछ । हवाइ भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने बझाङवासीको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन समस्या भइरहेको धनगढी विमानस्थलले जनाएको छ ।

असोज ३१ गते आइतबारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दशैँ मनाउन घर आएका काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्जलगायत बाहिर जिल्लामा पढ्ने विद्यार्थी तथा कर्मचारी आफ्नो कर्मथलो फर्कन सकेका छैनन् ।

धनगढीबाट आउने मालबाहक गाडी, बस र कतिपय यात्रुसमेत बीचबाटोमै अलपत्र परेका नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिंहले बताए।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ०१ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म