‘आप्पा स्टोरी च्यालेन्ज’ मा भाग लिएर ५० हजार जित्ने मौका « Khabarhub

‘आप्पा स्टोरी च्यालेन्ज’ मा भाग लिएर ५० हजार जित्ने मौका


८ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असार १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आप्पा’ निर्माण टिमले प्रचारलाई समेत फाइदा पुग्ने गरी ‘आप्पा स्टोरी च्यालेन्ज’ गर्ने भएको छ । साथै निर्माण टिमले स्टोरी च्यालेन्जमा सहभागी हुनेमध्ये उत्कृष्टलाई पुरस्कृत गर्ने पनि जनाएको छ ।

आफ्ना बुबासँगको कुनै रमाइलो या नरमाइलो कथा शेयर गरी भिडियो च्यालेन्जमा भाग लिन सकिनेछ । सहभागी हुनका लागि फोटो कथा (बुबाको फोटोमा क्याप्सन) या भिडियो कथा तयार पारेर सामाजिक सञ्जाल फेसबूकमा अपलोड गरी आप्पा फिल्मको अफिसियल पेजमा शेयर गर्नुपर्नेछ ।

भाग लिनका लागि फोटो या भिडियो तयार पारी आफ्ना तीन जना साथीलाई ट्याग गरी च्यालेन्ज गर्नुपर्ने आयोजकले जनाएको छ । ट्याग भई आएकामध्ये उत्कृष्ट एक फोटो कथालाई २५ हजार र भिडियो कथालाई ५० हजार प्रदान गरिनेछ ।

साथै यसरी उत्कृष्ट छानिएकाले फिल्मको प्रिमियरका २ वटा टिकट पनि पाउने आयोजकले बताएको छ । सहभागी हुन इच्छुकले असार ६ गतेभित्र भाग लिइसक्नुपर्नेछ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार  १ : ४२ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर