पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष ओली झापा प्रस्थान | Khabarhub Khabarhub

पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष ओली झापा प्रस्थान


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा प्रस्थान गरेका छन् ।

बिर्तामोडको साई प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष ओलीसहित नेताहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र प्रभु साहलगायत छन् ।

‘अध्यक्षसहित म पनि जाँदैछु, उहाँहरु केही दिन बस्नुहुन्छ होला म त आज साँझै फर्किन्छु’ भट्टले खबरहबसँग भने, ‘नेम्वाङजी गइसक्नुभयो रे हामी जाँदैछौ, १० बजेको उडान हो केहि डिले भयो।’

एमाले जिल्ला कमिटी झापाले बिर्तामोडमा १२ बजे आयोजना गरेको कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली काठमाडौँबाट यती एयरलाइन्सको जहाजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

ओलीले आफ्ना बुबालाई पनि भेट्ने छन्। भोलि गौरीगञ्जमा क्षेत्र नं. ५ को कार्यक्रममा सम्बोधन गरेर उनी विराटनगर जाने छन् ।

एक रात विराटनगरमै बसेर ओली पर्सि मात्रै काठमाडौं फर्कने बताइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १० : ३५ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ ।

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायल-इरान युद्धमा अमेरिकी सेनाको संलग्नता कति सम्भव ?

काठमाडौं – इरान र इजरायलको युद्धमा अमेरिकी संलग्नताको सम्भावनाका बारे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च