न्यायाधीशहरूको निष्कर्ष : न्यायीक नेतृत्वमाथि छानविन गर्नुपर्छ « Khabarhub

न्यायाधीशहरूको निष्कर्ष : न्यायीक नेतृत्वमाथि छानविन गर्नुपर्छ

नेपाल बारको टोली सर्वोच्चमा


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वरिष्ठतम् न्यायाधीशहरूको छलफल सकिएको छ । आजको छलफलले न्यायीक नेतृत्वमाथि छानविन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सर्वोच्चमा मुद्दा प्रभावित हुने देखेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चका वरिष्ठतम पाँचजना न्यायाधीशहरूबीच छलफल भएको थियो । त्यसलगत्तै सर्वोच्चमा इजलास शुरु भएको छ । प्रधानन्यायाधीश र वरिष्ठतम् न्यायाधीशबीच के सहमति भयो भन्ने खुलेको छैन ।

प्रधानन्यायाधीश जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित भएको थियो ।

प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, मुद्दाको फैसलामा चलखेल गरेकोलगायतका आरोप लगाउँदै पूर्वन्यायाधीशहरू र नेपाल बार आन्दोलित भएपछि सर्वोच्चकै न्यायाधीशहरूसमेत इजलास बस्न मानिरहेका छैनन् ।

केही न्यायाधीशले प्रधानन्यायाधीशमाथि उठेको प्रश्नको निरूपण नभएसम्म इजलास बस्न नसकिने बताएपछि मुद्दाको सुनुवाइ प्रभावित भएको थियो ।

वरिष्ठतम् न्यायाधीशहरूसँगको छलफल सकिएपछि नेपाल बारको टोली प्रधानन्यायाशीध जबरा भेट्न सर्वोच्च पुगेको छ । अहिले प्रधानन्यायाधीश र बार टोलीबीच छलफल भइरहेको छ । यस्तै, दिउँसो साढे १ बजे सर्वोच्च बारको बैठक बस्ने भएको छ । रणनीति बनाउन बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १२ : ३० बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय