५७ परिकारको एउटा खाजा सेट ! « Khabarhub

५७ परिकारको एउटा खाजा सेट !

अहिलेसम्म कसैले सकेनन् पूरा खान


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छुट्टिको अवसरमा धेरै मानिस अधिक भोजन गर्दछन् । तथापी कसैले खाजामा एकै साथ ४ दिन बराबरको क्यालोरी खान सम्भव नहोला । तर बेलायतका कार्डिफ कैफेले तयार पारेको ५७ परिकारको टाइटन खाजा खान भने हतपत कसैले आँट गर्दैनन् । गरिहाले पनि खाजा पुरा खान सक्दैनन् ।

कैफेले तयार पारेको खाजामा कुल क्यालोरी ८ हजार भन्दा बढि हुन्छ । सामान्य अवस्थामा एक व्यक्तिले यो क्यालोरी ४ दिनको खानाबाट प्राप्त गर्दछ । त्यसैले अहिलेसम्म यो खाजा खाने चुनौतीको सामना गर्ने कसैले पनि यसलाई पुरा गर्न सकेका छैनन् ।

यस टाइटन ब्रेकफास्टमा बेकनको ८ रैशर, ८ ससेज, ८ तारेको अण्डा, ६ हैश ब्राउन, ब्लैक पुडिंगको ६ स्लाइस र एक पाउण्ड च्याउ सहित अन्य कैयौ चिज समावेश छन् । यस अलावा एक पाउण्ड तारेको आलू, एक अमलेट, टमाटर, बेक्ड बीन्स, ३ भेनिला पेनकेक्स, बटरयुक्त ब्रेडको ४ स्लाइस, तारेको ब्रेडको ४ स्लाइस, टोस्ट समेत समावेश छ ।

एक रिपोर्ट अनुसार उक्त खाजा खाने चुनौतीलाई वेल्स अनलाइनका रिपोर्टर जन जोन्सले स्वीकारेका थिए । जसै टेबलमा पस्किइएको ५७ परिकार आयो उनी हतोत्साहित भए । उनले खाजा शुरु गर्नु अघि नै डराएका थिए । उनले खाजा त खाए तर ३० मिनेट नबित्दै सबै छाडे । अधिकाशं परिकार त उनले छुन समेत सकेनन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  २ : १४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल