विश्वकप क्रिकेट : पाकिस्तानले टस जितेर बलिङ रोज्यो « Khabarhub

विश्वकप क्रिकेट : पाकिस्तानले टस जितेर बलिङ रोज्यो


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको हाइभोल्टेज खेलमा पाकिस्तानले टस जितेर भारतलाई पहिला ब्याटिङको निम्तो दिएको छ । यूएईको दुबई मैदानमा अहिले केही समयपछि खेल शुरु हुँदैछ । आईसीसीको विश्वकपमा पाकिस्तानले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन ।

परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको क्रिकेट खेल सँधै हाइभोल्टेज हुने गर्छ । यो पटक दुबै टिम निकै बलिया देखिएकाले नतिजा जे पनि हुन सक्ने क्रिकेट पण्डितहरुले बताइरहेका छन् । भारत र पाकिस्तानले जारी विश्वकपमा आइतबार पहिलो खेल खेल्दैछन् ।

आइतबारै भएको पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई ४ विकेटले पराजित गरेको छ । १७२ रनको लक्ष्य पाएको श्रीलंकाले ६ विकेट गुमाएर १८ ओभर ५ बलमा लक्ष्य पूरा गरेको हो । श्रीलंकाको जितमा चरिथा असलंकाले नटआउट ८० रन बनाए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : २७ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले