३ लाख १८ हजार संक्रमित थप, २ लाख ६७ हजार निको « Khabarhub

३ लाख १८ हजार संक्रमित थप, २ लाख ६७ हजार निको

४ हजार ६६८ संक्रमितको मृत्यु


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख १८ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख १८ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसअनुसार सबैभन्दा धेरै बेलायतमा ३९ हजार ९६२, रुसमा ३५ हजार ६६०, टर्कीमा २४ हजार ७९२, अमेरिकामा १७ हजार ५८०, भारतमा १४ हजार ६४१ र ब्राजिलमा ६ हजार २०४ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा २ लाख ६७ हजार ५९८ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै बेलायतमा २५, टर्कीमा २४, रुसमा २२ हजार, अमेरिका र भारतमा १८–१८ हजार, ब्राजिलमा ११ हजार बढी निको भएका छन् ।

गत २४ घण्टामा ४ हजार ६६८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै रुसमा एक हजार ७२, भारतमा ४४२, टर्कीमा १९५, अमेरिकामा १५७, ब्राजिलमा ११३ र बेलायतमा ७२ जना रहेका छन् ।

यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड ४४ लाख ९ हजार ९४६ पुगेको छ । तीमध्ये २२ करोड १४ लाख २७ हजार ७६५ जना निको भइसकेका छन् भने ४९ लाख ६३ हजार ५०४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ७ : २२ बजे

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स