आजका समाचार : कांग्रेस सदस्यको शपथ, प्रधानन्याधीशले भने- इनमलाई चिन्दिनँ,  मेची करिडोरको ठेक्का रद्द र इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट « Khabarhub

आजका समाचार : कांग्रेस सदस्यको शपथ, प्रधानन्याधीशले भने- इनमलाई चिन्दिनँ,  मेची करिडोरको ठेक्का रद्द र इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । त्रिभुवन विश्वविद्यालयमा सम्पन्न खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।

काठमाडौंले दिएको १ सय १६ रनको सामान्य लक्ष्य जनकपुरले १७ ओभर २ बलमा दुई विकेट गुमाउँदै भेट्टायो । जनकपुरका लागि मोइन अलीले सर्वाधिक ५८ रन बनाए । ५१ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

जनकपुरका सैफ हसनले ४० रन बनाए । ३९ बलको सामना गरेका उनले १ चौका र ३ छक्का प्रहार गरे । काठमाडौंका रिपोन मोण्डलले १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९ ओभरको तेस्रो बलमा सबै विकेट गुमाएर ११५ रन बनाएको हो ।

एनपीएलमा विराटनगरले गुमायो दोस्रो विकेट

विराटनगरले गुमायो पहिलो विकेट

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

विराटनगरका रसेल आउट

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना गरेको छ । एसिया प्यासिफिक देशका मन्त्रीहरू सहभागी उच्चस्तरीय बहसमा नेपालले आफूले भोगेको जलवायु संकट र शृङ्खलाबद्ध विपद्बारे जानकारी गराउँदै विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा निम्तिएको संकटबारे छलफल गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (युएन इएससिएपी)को पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको अवसरमा नेपालले आज ‘सगरमाथादेखि सागरसम्मः एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली विपत्तिले सिकाएका पाठहरू’ विषयक संवाद आयोजना गरेको हो ।

युएन इएससिएपीसँग मिलेर नेपालले संयुक्त रूपमा बैंककस्थित संयुक्त राष्ट्रसङ्घीय सम्मेलन केन्द्रमा आयोजित उक्त कार्यक्रममा एसिया–प्रशान्त क्षेत्रका विभिन्न देशका मन्त्री, कूटनीतिज्ञ, वैज्ञानिक तथा विपद् व्यवस्थापन विज्ञहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा गत भदौमा नेपालको उच्च हिमाली क्षेत्रमा गएको विशाल हिम–पहिरोका कारण भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा भीषण शृङ्खलाबद्ध विपत्ति आएको र यस घटनाले जलविद्युत् आयोजना, सडक पूर्वाधार, सीमावर्ती संयन्त्र तथा स्थानीय समुदायको जीविकोपार्जनमा ठूलो क्षति पुर्‍याएको जानकारी गराइको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले सचिवालयले जनाएको छ ।

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

नेपाल–भारत पर्यटन सहकार्य गर्न परिषद् स्थापना गरिने

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

कोप–३१ मा न्याय र समृद्धिको मार्गचित्रसहित नेपालको प्रस्तुति हुनुपर्ने

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ : परराष्ट्रमन्त्री खनाल

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

सभामुख अर्याल र सभापति लामिछानेबीच भेटवार्ता

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना


कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति थापाले उनीहरूलाई शपथ दिलाएका हुन्। महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले भने गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका थिए ।

उनीबाहेक अन्य पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिएका हुन् । शपथग्रहणलगत्तै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र पनि वितरण गरे।

त्यस अवसरमा संयोजक खड्काले उक्त महाधिवेशनलाई कांग्रेसले मात्र नभई आम नेपाली नागरिकले चासोका साथ लिएका बताए। उनले देशमा विधिको शासन, संवैधानिक सर्वोच्चता कायम राख्न सबै केन्द्रीय पदाधिकारी तथा सदस्यलाई आग्रह गरे।

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

कांग्रेस केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ सुरु

राजर्षिजनक विश्वविद्यालयलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा

राजर्षिजनक विश्वविद्यालयले आफ्नो नवौँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा तथा लेखा प्रणालीलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा गरेको छ।

स्थापनाको नौ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा विश्वविद्यालयले प्रशासनिक, प्राज्ञिक र भौतिक सुधारलाई प्राथमिकतामा राख्दै आगामी कार्ययोजना सार्वजनिक गरेको हो।

विश्वविद्यालयका रजिष्ट्रार डा. जीवन काफ्लेले राष्ट्रिय झण्डा र विश्वविद्यालयको झण्डोत्तोलन गरी कार्यक्रमको सुरुआत गरेका थिए। उपकुलपति र रजिष्ट्रारको संयुक्त शुभकामना सन्देशमा विश्वविद्यालयलाई थप गतिशील र प्रभावकारी बनाउने योजनालाई प्राथमिकता दिइएको थियो।

विश्वविद्यालयले सम्पूर्ण शैक्षिक, प्रशासनिक, परीक्षा र लेखा प्रणालीलाई सिकाइ व्यवस्थापन प्रणाली ९एलएमएस० तथा एकीकृत डिजिटल नेटवर्कमार्फत केन्द्रीकृत बनाउने जनाएको छ। यसबाट विद्यार्थीले अनलाइन माध्यमबाटै विभिन्न सेवा लिन सक्ने र प्रशासनिक कामकाज सहज हुने अपेक्षा गरिएको छ।

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

मेची करिडोरको ठेक्का रद्द

मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता रद्द गरिएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार रु २७ करोड २२ लाख लागतको सो आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटकपटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो ।

पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजनबाट ठेक्का सम्झौता रद्द गरेको हो ।

इलामस्थित सडक डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१-८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ ।

हुम्ला-सुर्खेत सडक जीर्ण, यात्रीलाई सास्ती

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बाढीबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत गरिँदै

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

भर्‍याङ चढेर कैदी भागेपछि…

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट
इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । विपक्षी दलहरूले ६७ सिट पाए पनि उनीहरूबीचको विभाजनले सरकार गठन चुनौतीपूर्ण बनेको छ ।

‘द टाइम्स अफ इजरायल’ का अनुसार विपक्षी यहुदी नेतृत्वका दलले ४८ र अरब नेतृत्वका दलले १९ सिट प्राप्त गरेका छन् । यहुदी नेतृत्वका अधिकांश विपक्षी दल अरब नेतृत्वका दलसँग सहकार्य गर्न अनिच्छुक छन् ।

सैनिकसहितका मतदाताको बाँकी मतगणनाले अन्तिम परिणाम बदल्न सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन् ।

विपक्षी नेता गदी आइसेनकोटले परिणामले नेतान्याहु सरकारप्रति जनताको अविश्वास देखाएको बताउँदै परिवर्तन र अनिवार्य सैनिक सेवाप्रति प्रतिबद्ध सरकार गठनका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–ईयू सहकार्य

दक्षिण कोरियासँग तनाव बढ्दै जाँदा उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

इरानमाथि सम्भावित आक्रमणबीच पेन्टागनका वरिष्ठ अधिकारी हटाइए

इजरायलमा यहुदी–अरब सहकार्यको माग

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य


























प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ८ : ०३ बजे

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा