महिला फुटबल : गोदावरीको पहिलो जीत दर्ता « Khabarhub

महिला फुटबल : गोदावरीको पहिलो जीत दर्ता


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा गोदावरी नगरपालिकाले पहिलो जीत दर्ता गराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा महालक्ष्मी नगरपालिकालाई ५–३ गोल अन्तरले पराजित गर्दै गोदावरीले पहिलो जित दर्ता गराएको हो । गोदावरीको जीतमा दावा डोल्मा लामा र एस्थर तामाङले दुई-दुई गोल गरिन् भने यान्जोम रोकायाको नाममा एक गोल रह्यो ।

महालक्ष्मीकी कप्तान सरु राईले दुई र पूजा लामाले एक गोल गरिन् । जीतसँगै गोदावरीले तीन खेलमा तीन अङ्क जोड्यो । महालक्ष्मीको यो लगातार तेस्रो हार हो । समूह ए मा रहेका दुवै टोली बाहिरिसकेका छन् ।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले विभिन्न १० समूहमा विभाजन गरेको थियो । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १ : ५५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन