उपमेयर कप फुटबल : वाग्मती बाहिरियो, कनकाई दोस्रो चरणमा « Khabarhub

उपमेयर कप फुटबल : वाग्मती बाहिरियो, कनकाई दोस्रो चरणमा


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा सर्लाहीको वाग्मती नगरपालिकासँग १–१ को बराबरी खेल्दै कनकाई नकआउट चरणमा प्रवेश गरेको हो ।

कनकाईको लागि कुसुम खतिवडा र वाग्मतीकी सबिता भोलनले समान एक गोल गरेका छन् । खेल बराबरीमा अन्त्य भए पनि बाग्मतीलाई गोलअन्तरमा पछि पार्दै कनकाई समूह एबाट प्रतियोगितामा अघि बढेको हो । दुबै टोलीको दुई खेलबाट समान ७ अंक रहेको छ ।

वाग्मतीले राष्ट्रिय टोलीका रेणुका नगरकोटे, रश्मीकुमारी घिसिङ र गीता राणालाई टोलीमा समावेश गरे पनि दोस्रो चरणमा स्थान बनाउन सकेन ।

खेलमा कनकाईकी कुश्मा राई प्लेअर अफ दी म्याच बन्दै ट्रफी पाइन् । आजै समूह ‘बी’ अन्तर्गत कालिका नगरपालिका र ललितपुर नगरपालिकाबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । खेलको विजेता नकआउट चरणमा प्रवेश गर्नेछ ।

प्रतियोगितामा सहभागी ३१ टिमलाई १० समूहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा चार टीम र अन्य समुहमा तीन– तीन टीम रहेका छन् ।

प्रतियोगिताको विजेता र उपविजेता टोलीले राष्ट्रिय महिला लिग छनोट हुनेछन् । उपमेयर कपको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पाउने छन् । साथै, फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ३ : १६ बजे

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति