नयाँ बानेश्वरको बीच सडकमा गहिरो खाल्डो « Khabarhub

नयाँ बानेश्वरको बीच सडकमा गहिरो खाल्डो


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँबानेश्वर-तीनकुने सडक अन्तर्गत सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालयबीचको सडकमा ठूलो भ्वाङ परेको छ ।

झण्डै १५ फिटजतिको गहिरो खाल्डो परेपछि त्यस सडकमा सवारी आवागमनमा समस्या भएको छ ।

प्रभागका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाका अनुसार सडकको मर्मत गर्न खाल्डो भएका क्षेत्रलाई घेरेर सवारी सञ्चालन गरिएको छ । ट्राफिक कोम, बेरिकेड्स राखेर सवारीसाधन डाइभर्ट गरिएको उनले बताए । खाल्डो भएको क्षेत्रले एउटा लेन नै ओगटेको छ ।

सडकको मुनि रहेको मंगलका कारण सडक भासिएको बताउँदै देवकोटाले त्यसलाई व्यवस्थापन गर्ने काम भएको बताए । मंगाल ढल सफा गर्न र एकातिरबाट आएको ढलको पाइपलाई मुख्य ढलतर्फ पठाउन राखिने गरिन्छ।

प्रतिनिधिसभा भवनबाट आएको ढलको पाइप भएको ठाउँमा सडकको पिचले भार थेग्न नसकेपछि पिच भत्किएको देखिएको उनले बताए ।

पछिल्लो पटक अत्यधिक पानी परेका बेला मंगाल भत्किएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १० : ०० बजे

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको