शुक्रबारदेखि ललितपुरमा गोदावरी मेला | Khabarhub Khabarhub

शुक्रबारदेखि ललितपुरमा गोदावरी मेला


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी शुक्रबारदेखि ललितपुरको जावलाखेल मैदानमा १४ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको छ । मेला चारदिनसम्म चल्नेछ ।

विशेषगरी गोदावरी फूलको विस्तार तथा प्रवर्द्धन गर्ने उद्धेश्यले वर्षेनि मेला सञ्चालन गरिँदै आएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।
साथै यस वर्षको नारा ‘रोपेर फूल गोदावरी, सजाऔ घर आगनभरी’ रहेको छ ।

मेलामा व्यवसायिक स्टल ४४ र सूचनामुलक ४ गरी जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहने मेला संयोजक सिताराम पन्तले बताए ।

मेलामा पुराना तथा नयाँ प्रजातीका फूल विरुवा समेत प्रदर्शनी तथा बिक्री वितरण हुनेछन् ।

मेलामा सहभागी नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ प्रतिस्पर्धा गराई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिने व्यवस्था छ ।

मेलामा ३५ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै ५० लाखको व्यवसायिक कारोबार हुने फ्यानको अपेक्षा छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ४ : ३४ बजे

सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

सिरहा– सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल