३३२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

३३२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३२ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल २५२ कोरोना संक्रमितको आईसीयूमा र ८० को भेन्टिलेटरमा गरी कुल ३३२ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ४३ जना आईसीयूमा र २२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १४१ जना आईसीयूमा र ४७ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा २२ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ३८ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ६ जना आईसीयू र २ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १० : ०० बजे

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि