विराटनगरमा खुला सत्र सकेर महानगर कमिटीको अधिवेशन स्थगित | Khabarhub Khabarhub

विराटनगरमा खुला सत्र सकेर महानगर कमिटीको अधिवेशन स्थगित


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सोमबार साँझ मोरङमा अगुवा कार्यकर्ताहरूलाई पालिका अधिवेशनमा चुनाव नगर्न निर्देशन दिए । माधव नेपाल पार्टी छाडेर गएपछि गुटको अन्त्य भएकाले सबैलाई मिलाएर लैजान पनि उनले निर्देशन दिए ।

पत्रकारलाई जान प्रतिबन्ध गरिएको कार्यक्रममा ओलीले पालिकाको अधिवेशनमा चुनाव भए इतर समूह रमाउनेसमेत बताएको सहभागी एक नेताले बताए । मंगलबार भएको विराटनगर अधिवेशनमा भने दुई खेमा देखिएपछि उद्घाटन सत्र सकेर बन्द सत्र बुधबारसम्मका लागि स्थित गरिएको छ ।

नगर कमिटीको नेतृत्वका लागि दुई जना दाबेदार भएपछि मिलाउनका लागि स्थगित गरिएको अधिवेशनमा खटिएका एमालेका नेताहरूले बताएका छन् । नेतृत्वका लागि महानगर कमिटी अध्यक्ष सागर थापा र प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत मैदानमा देखिएका छन् ।

यस्तै, सचिवमा राधेश्याम कट्टेल र रोहित कोइराला मैदानमा उत्रिएर भोट मागिरहेका छन् । यसअघि जिल्ला कमिटी मोरङको सचिवालय सदस्य रहेका बस्नेतलाई विधान अधिवेशनमा सहभागी गराउनका लागि प्रदेश कमिटी सदस्य बनाइएको थियो । उनी प्रदेश खेलकुद समिति सदस्य सचिव पनि हुन् ।

थापा भने नेकपा हुँदासमेत अध्यक्ष नै रहेका थिए भने अहिले पनि उनी अध्यक्ष नै रहेका छन् । एमालेका जिल्ला तहका नेतादेखि प्रदेश तहका नेताहरू भने चुनावी प्रक्रियामा नगई नेतृत्व टुंग्याउन लागिपरेका छन् । प्रदेश कमिटी सचिव विनोद ढकालले यसको नेतृत्व गरिरहेका छन् ।

महानगर अधिवेशनको उद्घाटन गर्दै एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले पदका भोकाहरूले पार्टी फुटाए पनि त्यसको असर नदेखिएको दाबी गरे । माधव नेपाल अलग्गिएसँगै गुटको अन्त्य भएको भन्दै उनले अब गुटको राजनीति गर्ने छुट कसैलाई नभएको बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ६ : १८ बजे

सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

सिरहा– सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल