अमेरिकी राजदूत बेरीले गर्न लागेको कार्यक्रमको नेताहरुबाट विरोध « Khabarhub

अमेरिकी राजदूत बेरीले गर्न लागेको कार्यक्रमको नेताहरुबाट विरोध


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत र्‍याण्डी बेरीले गर्न लागेको ‘जनतासँग गफगाफ’ संवाद कूटनीतिक मर्यादा विपरित भएको बताएका छन् ।

कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता नेपालले अन्तर्राष्ट्रिय ‘प्राक्टिस’ मै नभएको त्यस्ता संवाद कार्यक्रम संचालन नगर्न पनि राजदूत बेरीको ध्यानाकर्षण गराए । बुधबार संघीय संसद परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कूटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने स्पष्ट पारे । वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेत गर्दै कूटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त झन त्यसको पालना गर्नुपर्ने पनि उल्लेख गरे ।

त्यस्तै, सत्तारुढ नेकपाकै अर्का नेता भिम रावलले कूटनीतिक मर्यादा विपरित अमेरिकी राजदूत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिएका छन् । उनले कूटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदूत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अनुमति नरहेको दाबी गरे ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारको अनुमतिविना अमेरिकी राजदूत बेरीले जनतासँग प्रत्यक्ष रुपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने स्पष्ट पारे । उनले कूटनीतिक मर्यादा प्रतिकूल हुने खालका त्यस्ता गतिविधिमा संलग्न नहुन पनि नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई सचेत गराए ।

त्यसैगरी, राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारसँग अनुमति नलिई राजदूत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अधिकार नभएको स्पष्ट पार्नु पारे । उनले कूटनीतिक मर्यादाको सीमा रहेर आफ्ना गतिविधि संचालन गर्न पनि नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुको ध्यानाकर्षण गराए ।

अमेरिकी राजदूत बेरीले आगामी सोमबारबाट शुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ संवाद कार्यक्रमको सन्देश उनकै फेसबुक पेजमार्फत् सार्वजनिक भएपछि त्यसको विरोध हुन थालेको हो । सांसद कर्णले कुनै पनि बहानामा कूटनीतिक मर्यादाको उलंघन गर्ने काम राजदूतहरुले गर्न नहुने पनि स्पष्ट पारे ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ५ : ३९ बजे

पाकिस्तानमा दुई विस्फोट, सात जनाको मृत्यु

पेशावर- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा शनिबार भएका दुई

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै