पहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख हस्तारन्तरण « Khabarhub

पहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख हस्तारन्तरण


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट – पहिरोमा परी ज्यान गुमाएका परिवारलाई रु दुई लाख राहत हस्तारन्तरण गरिएको छ । गत असोज ५ गते परेको अविरल वर्षाका कारण पहिरासहित रुख आएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको हो ।

रास्कोट नगरपालिका– ४ मा पर्ने लडेखोलामा वर्षाले ढालेको रुख लागेर मृत्यु भएका सान्नी त्रिवेणी गाउँपालिका–७ का २३ वर्षीय सुरेन्द्र धमलाले ज्यान गुमाएका थिए । जिल्ला विपत् व्यवस्थापन समितिले मृतक सुरेन्द्रका बुबा अमनाथलाई रु दुई लाख रकम हस्तान्तरण गरेको हो।

सङ्घीय सरकारको मापदण्डअनुसार जिल्ला विपत् व्यवस्थापन समितिले राहत रकम उपलब्ध गराउने निणर्य गरेको र सोही रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘अन्य स्थानका बाढीपहिरो पीडितलाई पनि चाँडै राहत उपलब्ध गराइनेछ’, उनले भने, ‘पीडितलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ ।’

गत असोज ५ गते बिहान स्युना गाउँ जाने क्रममा माथिबाट पहिरासँगै खसेको रुखले लागेर सुरेन्द्र गम्भीर घाइते भएका थिए । घाइते सुरेन्द्रको रास्कोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । जिल्लामा बाढीपहिराका कारणले यसै महिना एक जनाको मृत्यु भएको र राहतका लागि पहल थालिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : २१ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले