यसरी शुरु गर्नुहोस् प्राणायाम « Khabarhub

यसरी शुरु गर्नुहोस् प्राणायाम


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

व्यस्त जीवनशैली र खराब खानपानका कारण मानिस बिभिन्न रोग र संक्रमणको शिकार बन्दछ । यि रोगबाट बच्न जीवनशैलीमा सुधार र थोरै समय व्यायाममा दिए मानिस स्वस्थ्य हुन्छ । यस अलावा मानिस स्वस्थ्य र स्फुर्त रहन प्राणयाम गर्न पनि आवश्यक छ ।

प्राणायाम गर्न बिहानको समय सबभन्दा राम्रो मानिन्छ । स्वच्छ, खुल्ला, शान्त स्थानमा आसन लगाएर पलेंटी मारेर वा सादा पद्मासनमा छाती, घाँटी तथा मस्तिष्क तीनै एक लाइनमा सीधा राखी प्राणयाम गर्न सकिन्छ । यसकालागि मेरुदन्ड सीधा राख्नु पर्दछ ।

यसरी शुरु गर्नुहोस् प्राणायाम
– छातीमा भरिएको श्वास नाकबाट विस्तार–विस्तारै बाहिर निकाल्नुहोस् ।
– श्वास निकाल्न जति समय लगाउनु भयो त्यसको एक चौथाई समयसम्म रोक्नुहोस् ।
– पुनः विस्तार–विस्तारै श्वास लिनुहोस् ।
– श्वास लिदाँ पेटदेखि फोक्सोसम्म पुर्ण रुपले हावा भर्नुहोस् ।
– अब बिस्तारै जति बेरसम्म श्वासलाई बाहिर रोकिएको छ त्यति नै समय भित्र रोक्नुहोस् ।
– यो क्रम पहिलो दिन ७ पटक र त्यस पछिका दिनमा दुई पटक बढाउदै जानुहोस् ।

माथिका प्रत्येक क्रियामा मन मनै ‘ॐ’ को जप गरिरहनुहोस् । ख्याल रहोस् कुम्भक त्यति बेलासम्म मात्रै गर्ने जति बेलासम्म सजिलैसँग रोक्न सकिन्छ । जबरजस्ती लामो समयसम्म कुम्भक गर्नाले लाभको बदला हानी पनि हुन सक्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ७ : २९ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री