बाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनद्वारा बहुमतसहित दाबी पेश « Khabarhub

बाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनद्वारा बहुमतसहित दाबी पेश

भोलि नै ४ सदस्यीय प्रदेश सरकार गठन गर्ने तयारी


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनले बहुमतसहित दाबी पेश गरेको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि दलहरूलाई आह्वान गरेलगत्तै गठबन्धनमा रहेका ५९ प्रदेशसभा सदस्यहरूको हस्ताक्षर लिएर प्रदेश प्रमुखको कार्यालयमा पेश गरिएको हो ।

मुख्यमन्त्री दाबीका लागि हस्ताक्षर गर्नेहरूमा माओवादी केन्द्रका २३, नेपाली काङ्ग्रेसका २२, नेकपा एकीकृत समाजवादी (एस)का १३ र जनता समाजवादी पार्टी (जसपा)का १ सदस्य छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि आह्वान गरेका हुन् । त्यसका लागि बिहीबार दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।

गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव गरेको छ । पार्टी विभाजनपछि देशैभर सत्ताच्युत हुँदै गएको एमाले बाग्मती प्रदेश सरकारबाट पनि बाहिरिएसँगै गठबन्धनले भोलि नै सरकार गठन गर्ने तयारी गरेको छ ।

प्रस्तावित मुख्यमन्त्री पाण्डेले बिहीबार ४ सदस्यीय सरकार गठन गर्ने बताएका छन् । कांग्रेसका उपनेता कृष्णलाल भडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र समाजवादीका उपनेता कृष्ण खनाल सहभागी हुने सम्भावना छ ।

बाँकी मन्त्रिमण्डल तिहारपछि मात्रै विस्तार हुने बताइएको छ । पाण्डेले गठबन्धनमा रहेको ४ दलमा मन्त्रालय भागबण्डा गर्नुपर्ने भएकाले केही मन्त्रालय विभाजन हुनसक्ने संकेतसमेत गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : ५८ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध