बाजुरामा आजदेखि भेरोसेलको दोस्रो मात्रा लगाइँदै | Khabarhub Khabarhub

बाजुरामा आजदेखि भेरोसेलको दोस्रो मात्रा लगाइँदै


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा भेरोसेल खोप लगाएका जिल्लाका २३ हजार ९५ जनालाई दोस्रो चरणको खोप आज (बिहीबार)बाट लगाइँदै छ ।

कोरोना विरुद्धको खोप अभियान यही कात्तिक ११ देखि १३ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए। उनका अनुसार पहिलो चरणमा भेरोसेल खोप लगाइएका १८ वर्ष माथिका नागरिकलाई मात्र दोस्रो चरणको खोप लगाइने छ ।

खोपको मात्रा जिल्लामा कम भएकाले २३ हजार ९५ जनालाई मात्र खोप लगाइने र नयाँ खोप लगाउन इच्छुक नागरिकलाई खोप लगाउन सम्भव नभएको वरिष्ठ जनस्वासथ्य अधिकृत पन्तको भनाइ छ ।

जिल्लाका ६९ वडाका ८४ खोप केन्द्रमा यो खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका खोप सुपरभाइजर तथा सूचना अधिकारी महेश चन्दले जानकारी दिए । जिल्लाका नौ पालिकाका १३ हजार ८९४ महिला र नौ हजार २०१ पुरुष गरी २५ हजार ९५ जनालाई खोप लगाइने खोप सुपरभाइजर चन्दले बताए।

कुन पालिकामा कति जना ?

जिल्लाका नौ पालिकामा एकैसाथ कोरोनाविरुद्धको खोप सञ्चालन गरिने भएको छ । नौ पालिकाका २३ हजार ९५ जनाले दोस्रो चरणको खोप लगाउन पाउने भएका छन् । बडीमालिका नगरपालिकामा एक हजार ८६७ महिला र एक हजार २३३ पुरुष गरी तीन हजार एक जनाले भेरोसेल खोप लगाउने भएका छन् ।

बूढीगङ्गा नगरपालिकामा दुई हजार ११० महिला र एक हजार २३८ पुरुष, त्रिवेणी नगरपालिकामा दुई हजार १८३ महिला र एक हजार २१८ पुरुष, खप्तड छेडेदह गाउँपालिकामा एक हजार ६६६ महिला र एक हजार ५० पुरुष, गौमुल गाउँपालिकामा एक हजार २३३ महिला र ८१९ पुरुषले खोप लगाउन पाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वस्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

उनका अनुसार बूढीनन्दा नगरपालिकामा दुई हजार ४४८ महिला र एक हजार ७१८ पुरुष, स्वामीकार्तिक खापर गाउँपालिकामा ८७४ महिला र ६५३ पुरुष, हिमाली गाउँपालिकामा ६७८ महिला र ६४९ पुरुष, जगन्नाथ गाउँपालिकामा ८३५ महिला र ६२३ पुरुषले पनि सो खोप लगाउने भएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ६ : ०० बजे

सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा

भैरहवा– भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालले प्रविधिसँगै सेवाहरू विस्तार गर्दै गइरहेको

राष्ट्रपतिका सल्लाहकार नेपाललाई बर्खास्त गर्न नागरिक अगुवाको माग

काठमाडौं- नागरिक समाजका अगुवाहरूले राष्ट्रपति रामचन्द्र पाैडेलका सल्लाहकार चिरञ्जीवी नेपाललाई

बढी कम्पनीको शेयर बढ्दा पनि घट्यो नेप्से, कारोबार साढे २ अर्ब मात्र

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से) बुधबार झिनो अंकले घटेको छ

गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना स्रष्टालाई सम्मान गर्ने

गण्डकी– गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवका अवसरमा सात जना श्रष्टालाई सम्मान

ट्रयाक्टर दुर्घटनामा विद्यार्थीको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक