पत्रकार सुवेदीलाई ‘चलचित्र पत्रकारिता पुरस्कार’ « Khabarhub

पत्रकार सुवेदीलाई ‘चलचित्र पत्रकारिता पुरस्कार’


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अधिराज्य मिडिया नेटवर्कले राजधानीमा आयोजना गर्न लागेको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड–२०७८’ मा चलचित्र पत्रकार लक्ष्मण सुवेदीलाई ‘सर्वोत्कृष्ट चलचित्र पत्रकार–२०७७’ प्रदान गरिने भएको छ ।

लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय सुवेदीलाई आयोजकले नगदसहित पुरस्कृत गर्न लागेका हुन् । पत्रकार सुवेदी चलचित्र पत्रकार संघका पूर्व उपाध्यक्षसमेत हुन् ।

गीतसंगीत तथा फिल्म सम्बन्धी विभिन्न ४४ बिधामा अवार्ड प्रदान गरिने कार्यक्रम कार्तिक २५ गते राजधानीमा हुने कार्यक्रम संयोजक केवल भुजेलले बताए । कार्यक्रममा गीतसंगीतका ३० र फिल्मका १४ गरि जम्मा ४४ विधामा अवार्ड प्रदान गरिनेछ ।

प्रतिस्पर्धात्मक तथा जुरी अवार्डसँगै गीतसंगीत तथा फिल्मका स्रष्टाहरुलाई सम्मान गरिने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ४ : ४२ बजे

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि