रवीन्द्र मिश्रले पार्टी फुटाउनु भयो, अब अदालतमा भेट हुन्छ : पाण्डे « Khabarhub

रवीन्द्र मिश्रले पार्टी फुटाउनु भयो, अब अदालतमा भेट हुन्छ : पाण्डे


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीले अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको चर्चित प्रतिवेदन पारित गरेपछि सो पार्टीका संयोजक मिलन पाण्डेले पार्टी फुटाएको प्रतिक्रिया दिएका छन् । मिश्रको प्रतिवेदनमा संघीयता खारेज गर्ने र राजतन्त्र तथा हिन्दु धर्मबारे जनमत संग्रह गर्ने उल्लेख छ ।

पाण्डे समूहले यसको काउन्टरमा अर्को प्रतिवेदन ल्याएको थियो । तर, बिहीबार पार्टीले मिश्रको प्रतिवेदन पारित गरेपछि पार्टी दोस्रो पटक विभाजनको डिलमा पुगेको छ ।

संयोजक पाण्डेले अनाधिकृत बैठक गरेर प्रतिवेदन पारित गरेको प्रतिक्रिया दिए । उनले बिहीबारको बैठकमा आफ्नो समूहका सदस्यहरु सहभागी नभएको बताए । उनले मिश्रलाई एकलौटी रुपमा बैठक बोलाउने अधिकार नै नभएको दाबी गरे ।

उनले खबरहबसँग भने, ‘उहाँहरुसँग बहुमत नै छैन । छ भन्ने लाग्छ भने अब अदालत र निर्वाचन आयोगमा भेट हुन्छ । मिश्रले दोस्रो पटक पार्टी फुटाउनु भयो ।’

यसअघि पनि विवेकशील साझा पार्टी विभाजित भएको थियो । र पछि फेरि एकीकरण भएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ४ : ५८ बजे

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित