घर–घरमा खानेपानीको धारा आएपछि स्थानीय खुसी | Khabarhub Khabarhub

घर–घरमा खानेपानीको धारा आएपछि स्थानीय खुसी


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा– सिराको धनगढीमाई नगरपालिका १२ स्थित कालापानीका स्थानीय वर्षौदेखि खानेपानी अभावमा बाँचिरहेका थिए । तर, बिहीबारदेखि घर-घरका धारामा खानेपानी आएपछि उनीहरू खुसी बनेका छन् ।

यसअघि उक्त क्षेत्रका ६० घर परिवार नजिकै रहेको सर्रे खोलाको पानी पिउँदै आएका थिए । धनगढीमाई नगरपालिकाको ३० लाख र समुदायको ३ लाख ३८ हजार गरी ३३ लाखको ३८ हजार लागतमा कालापानी खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो ।

उक्त खानेपानी आयोजनाको उद्घाटन गर्दै नगरप्रमुख हरिनारायण चौधरीले मितव्ययिता ढंगले धारामा आएको शुद्ध पानी खान अनुरोध गरे । उनले बनेको संरचनालाई सबैले संरक्षण गर्न गर्नु पर्ने बताए ।

पानी ल्याउने झन्झट एवं समय पनि बचत हुने भएकाले बचत भएको समयलाई सदुपयोग गर्दै आर्थिक उपार्जनमा लगाउन सबैमा नगरप्रमुख चौधरीको सुझाव छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ९ : ३९ बजे

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो

काठमाडौं– बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

डोका बिक्रीबाट राम्रो आम्दानी 

भोजपुर– भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका

एनसेल बन्यो ‘भोल्टे रोमिङ सेवा’ सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

काठमाडौं– नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने ग्राहकका लागि

जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुन परिमार्जन गर्नेछ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता

बडीमालिका यात्रामा धनगढीदेखि जुम्लासम्मका सरकारी टोली, स्थानीय तहले दिए सार्वजनिक विदा 

धनगढी– बडीमालिका धार्मिक यात्रा २०८२ सुरु भएको छ । धर्तीको