नेपालको पोष्टमा ताजकिस्तानको आधा दर्जन गोल, नेपाल बाहिरियो « Khabarhub

नेपालको पोष्टमा ताजकिस्तानको आधा दर्जन गोल, नेपाल बाहिरियो


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ताजकिस्तानले एएफसी यू–२३ एसियन कप छनोट खेलमा नेपालको पोष्टमा आधा दर्जन गोल गरेको छ ।

बिहीबार ताजकिस्तानको दुसन्वे स्थित सेन्ट्रर रिपब्लिक मैदानमा भएको खेलमा ताजकिस्तानको यू–२३ टोलीले नेपालको यू–२३ टोलीलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु टोली ताजकिस्तानले नेपाललाई सुरुवातबाटै दबाबमा राख्दै पहिलो हाफमा ३ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा ताजकिस्तानले थप ३ गोल गर्‍यो ।

यससँगै नेपाल एक खेलअघि नै एएफसी यू–२३ एसियन कप छनोटबाट बाहिरिएको छ । प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि नेपाल बलियो इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

यता, ताजकिस्तानको भने प्रतियोगितामा दोस्रो जित हो । उसले अघिल्लो खेलमा लेबनानलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

यता, आजनै भएको समूह बी को खेलमा इरानले लेबनानलाई २–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै ताजकिस्तान समूह बी मा ६ अंकका साथ शीर्षस्थानमा छ । समान अंक भएपनि इरान गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

अब, अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्दा ताजकिस्तान र इरान समूह विजेताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १० : ०३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन