विधि र प्रक्रियाबाट बिदा गरे जान्छु, राजीनामा दिन्नँ : प्रधानन्यायाधीश राणा « Khabarhub

विधि र प्रक्रियाबाट बिदा गरे जान्छु, राजीनामा दिन्नँ : प्रधानन्यायाधीश राणा


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सडकबाट राजीनामा माग्दैमा नदिने बताएका छन् । राजीनामाको प्रश्न नै नभएको उनले बताएका छन् ।

उनले आफू संविधानअनुसार प्रधानन्यायाधीश बनेको भन्दै संविधानअनुसार विधि र प्रक्रियाबाट बिदा गरेमात्र आफू जाने बताएका छन् । उनले न्यायालयमा आफूले शुदृढीकरण गरिरहेकाले यो नचाहनेले आफ्नो राजीनामा मागिरहेको बताएका छन् ।

प्राइमटाइम टेलिभिजनलाई बिहीबार दिएको अन्तर्वार्तामा उनले आफूले मन्त्रिपरिषदमा कुनै भाग नमागेको बताए ।

उनले प्रचण्डले, माधवकुमार नेपालले र प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत गजेन्द्र हमाल प्रधानन्यायाधीशको कोटामा नभएको बताइसकेको बताए । उनले यतिहुँदा हुँदै पनि आफूमाथि बिनाअर्थ आरोप लगाइएको बताए । उनले यसलाई अस्वीकार गर्ने बताए । हमाललाई मन्त्री बनाउन आफूले सिफारिस नगरेको बताए ।

आफूमाथि दलहरुले महाअभियोग नल्याउने बताए । उनले महाअभियोग जस्तो कुराका पछाडि दलहरु नलाग्ने आफूलाई विश्वास रहेको बताए । उनले आफूमाथि उठेका प्रश्न संवैधानिक भए त्यसको सामना गर्ने अन्यथा न्यायापालिकालाई कमजोर बनाएर आफू नजाने बताए ।

उनले अदालतमा कुनै पनि मानेमा भ्रष्टाचार र अनियमितता नभएको दाबी गरेका छन् । अदालतमा भ्रष्टाचार छ भनेर गलत आरोप लगाइएको पनि उनको टिप्पणी छ ।

उनले आफू संविधानप्रति निष्ठा र इमानदार व्यक्ति भएको दाबी गरे । उनले आफूले न्यायापालिकालाई सुदृढ तवरले अघि बढाएको पनि दाबी गरे । आफूले न्यायापालिकालाई कमजोर बनाउन नदिने पनि उनको भनाइ थियो ।

प्रधानन्यायाधीश राणाले एनसेल प्रकरणमा पनि स्पष्टीकरण दिए । उनले एनसेललाई अदालतले कर छुट नदिएको दाबी गर्दै बरु कर लगाएको जिकिर गरे । यस्तै उनले न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्कालन नसकिने बताए ।

उनले कानुन बनाएरमात्र सम्पत्ति विवरण सार्वजनिक गर्न सकिने बताए । उनले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गरे उनीहरुमाथि थप सुरक्षा चुनौती थपिने बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १० : ४३ बजे

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री

स्वास्थ्यमन्त्री मेहता र नर्वेका राजदुत ड्याग्नीबीच भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

सुनको मूल्यमा २४ सय रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

प्रधानमन्त्री शाहले निर्माण व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान,