फोक्सो, पेट र आन्द्रालाई स्वस्थ राख्ने प्राणयाम « Khabarhub

फोक्सो, पेट र आन्द्रालाई स्वस्थ राख्ने प्राणयाम


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राणायाम भनेको श्वासप्रश्वासको अनुशासित क्रिया हो । प्राणायामले शरीरमा अक्सिजनको अभाव पूर्ति गर्नुका साथै मनलाई स्थिर र शान्त राख्छ ।

प्राणायाम एक प्रकारको श्वासप्रश्वास विधि पनि हो । यो प्राणायामको अत्यन्त सरल रुप हो । यसमा व्यक्तिले आफ्नो सासलाई विशेष प्रकारबाट भित्र लैजान्छ र फेरि बाहिर छोड्दछ । प्राणायाममा फोक्सोको हरेक भागमा हावा पुर्याउने र पेट र आन्द्रासम्म प्राण पुर्याउने क्रिया पनि हुन्छ ।

यसरी गर्नुहोस् फोक्सोको हरेक भागमा हावा पुर्‍याउने प्राणायाम
नाकबाट विस्तार–विस्तारै श्वास तानेर इच्छा शक्तिसहित त्यसलाई फोक्सोको तल्लो भागमा भर्नुहोस् । यसो गर्दा पेटको माथिल्लो भाग केही फुल्छ । त्यसपछि त्यही श्वासलाई फोक्सोको मध्य भागमा भर्नुहोस् । यसले छातीको बीचको भाग केही फैलिन्छ ।

श्वासको तेस्रो भागले फोक्सोको माथिल्लो भाग भर्ने जसले छातीको माथिल्लो भाग फैलिन्छ । अब केही बेर वायुलाई भित्रै रोकेर राख्नुहोस् र फोक्सोका सम्पूर्ण कोषहरुमा श्वास पूर्ण रुपले भरपूर मात्रामा भरिएको महशुस गर्नुहोस् । पुनः विस्तार–विस्तारै वायुलाई बाहिर निकाल्नु होस् ।

यसरी गर्नुहोस् पेट तथा आन्द्रासम्म प्राण पुर्‍याउने प्राणायाम
श्वासलाई तानेर सीधा पेटसम्म लैजानुहोस् । अब पेट राम्रोसँग फुल्दछ । त्यसपछि कुम्भक नगरी श्वासलाई बाहिर निकाल्नुहोस् । पेट जतिसम्म भित्र जान सक्छ भित्र तान्दै जानुहोस् ।

बाहिर भित्र कुनै कुम्भक नगरी लगातार यो क्रियालाई केही बेर गरिरहनुहोस् । अभ्यासको समय नाकको अघिल्लो भागमा दृश्टि राख्नुहोला । थाकेपछि अन्त्यमा एकपटक कुम्भक गरेर अभ्यासलाई समाप्त गर्नुहोस् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ११ : ४१ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले