एमाले बैठकमा ओली–रावल भनाभन « Khabarhub

एमाले बैठकमा ओली–रावल भनाभन


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ ।

अध्यक्ष ओलीले शुक्रबार रुष्ट रहेका प्रभु साहलाई मनाउन उनी निकट दुईजनालाई केन्द्रीय सदस्य बनाएपछि उपाध्यक्ष रावलले त्यसको विरोध गरेका थिए । रावलले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेसमेत बताएका थिए ।

रावलले १० बुँदेको विषय निकालेपछि अध्यक्ष ओलीले १० बुँदेको औचित्य समाप्त भइसकेको बताएका थिए । एक केन्द्रीय सदस्यका अनुसार त्यसपछि रावलले भएको सहमति कार्यान्वयन हुनुपर्ने बताएपछि केही समय दुई नेताहरुबीच भनाभनको स्थिति उत्पन्न भएको थियो ।

अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन कार्यदलबाट नसकेर राजीनामा दिएकाले अब कार्यदल पनि नरहेको र १० बुँदेको औचित्य पनि समाप्त भएको बताएका थिए । रावलले भने आफूले नसकेरभन्दा पनि कार्यान्वयन नभएकाले आफूले राजीनामा दिएको जिकिर गरेका थिए ।

दुई नेताबीच लामो भनाभन चलेपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतले वातावरण शान्त बनाएको एक सदस्यले जानकारी दिए । अन्य केन्द्रीय सदस्यहरुले पनि स्थायी कमिटीको समस्या स्थायी कमिटीबाटै समाधान गर्नुपर्ने बताएका थिए ।

यस्तै ओलीले बैठकमा उपमहासचिब घनश्याम भुसाललाई पनि जवाफ दिएका छन् । भुसालले अध्यक्ष ओलीलाई चिठि लेखेका थिए । अध्यक्ष ओलीले चिठि लेख्न आवश्यक नभएको र सो चिठिको जवाफ दिन आवश्यक पनि नभएको बताएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ६ : ०७ बजे

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल