एमाले अधिवेशन : भक्तपुरमा चारमध्ये तीन नगर कमिटी चयन | Khabarhub Khabarhub

एमाले अधिवेशन : भक्तपुरमा चारमध्ये तीन नगर कमिटी चयन


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर -एमालेको नगर अधिवेशनबाट भक्तपुरका तीन स्थानीय तहमा नेतृत्व चयन भएको छ । अधिवेशनबाट चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकामा नेतृत्व चयन भएको हो ।

चाँगुनारायण नगर कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा रामप्रसाद तिमल्सिना चुनिएका छन् । सूर्यविनायकको अध्यक्षमा रवीन्द्र सापकोटा निर्वाचित भएका छन् । मध्यपुर थिमि नगरपालिकामा अध्यक्षतामा सूर्यलाल श्रेष्ठ चुनिएका छन् ।

चाँगुनारायणमा तिमल्सिना अध्यक्ष, उपाध्यक्षमा जयराम बास्तोला, सचिवमा सुवास ढुंगाना, उपसचिवद्वयमा नारायणी फुयाल र भागवतराम गेलाल चुनिएका हुन् । सूर्यविनायकमा सापकोटा अध्यक्ष, उपाध्यक्षमा विनय महत, सचिवमा शिवराम राउत, उपसचिवमा कमला पोखरेल र श्याम श्रेष्ठ गरी ७५ सदस्यीय नयाँ नेतृत्व चयन भएको एमाले सूर्यविनायक नगर कमिटीले जनाएको छ ।

सूर्यविनायकको बन्दसत्रमा अध्यक्ष सापकोटा र सचिव राउत निर्विरोध निर्वाचित भए । उपाध्यक्ष पदमा दुई र उपसचिवमा चार जनाको उम्मेदवारी परेको थियो । सहमतिको प्रयासपछि उपाध्यक्ष पदका प्रत्यासी विश्वराम त्वानावासु र उपसचिव पदका प्रत्यासी चण्डिका मिश्र, दिनेश बस्नेत, राजन न्यौपानेले उम्मेदवारी फिर्ता लिएपछि पदाधिकारी चयन सर्वसम्मत भएको हो ।

मध्यपुर थिमि नगर कमिटीमा अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा उपाध्यक्षमा प्रकाश थापा मगर, सचिवमा सुमन जोशी र उपसचिवमा विन्दु प्रजापति सर्वसम्मत चुनिएका छन्। चाँगुनारायणमा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । ९५ जनाको उम्मेदवारी परे पनि पार्टी विधानअनुसार ३३ प्रतिशतमध्ये २५ महिलासहित भूगोलअनुसार वडागत रूपमा ७० सदस्यीय सर्वसम्मत नेतृत्व चुनिएको नवनिर्वाचित अध्यक्ष सापकोटाले जानकारी दिए ।

यहाँका तीन वटा नगर कमिटिमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ । यहाँका चार स्थानीय तहमध्ये भक्तपुर नगरपालिकामा नेतृत्व चयन हुन बाँकी छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : २८ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज