टी-२० विश्वकप : पाकिस्तानको लगातार तेस्रो जित, अफगानिस्तान स्तब्ध | Khabarhub Khabarhub

टी-२० विश्वकप : पाकिस्तानको लगातार तेस्रो जित, अफगानिस्तान स्तब्ध


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार भएको सुपर- १२ को समूह-२ को खेलमा पाकिस्तानले अफगानिस्तानलाई पाँच विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो ।

जितका लागि १४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनर तथा कप्तान बाबर आजमले सर्वाधिक ५१ रनको योगदान दिए । आसिफ अली २५ रनमा अविजित रहे ।

अफगानिस्तानका राशिद खानले ४ ओभरमा २ विकेट लिए । मुजिब उर रहमान र मोहम्मद नाबी र नविन उल हकले समान १–१ विकेट लिए ।

यसअघि आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन बनायो । अफगानिस्तानका कप्तान मोहम्मद नाबी ३५ रनमा अविजित रहे । गुलबदीन नईब ३५ रनमा अविजित रहे ।

पाकिस्तानका स्पिनर ईमाद वासिमले २ विकेट लिए । शाहिन शाह अफ्रिदी, हसन अली, शादब खान, हरिस रौफले १-१ विकेट लिए ।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डलाई ५ विकेटले हराएको थियो । तेस्रो जितबाट ६ अंक बनाउदै समूह-२ मा पाकिस्तान शीर्ष स्थानमा रहेको छ । तेस्रो जितसँगै पाकिस्तानको सेमिफाइनल यात्रा सहज बनेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : १४ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार