एमाले अधिवेशन : बैतडीका ७८ वडामा सम्पन्न, ६ वडामा आज « Khabarhub

एमाले अधिवेशन : बैतडीका ७८ वडामा सम्पन्न, ६ वडामा आज


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडी जिल्लाका ७८ वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ ।

जिल्लाका ८४ वडामध्ये ६९ मा शुक्रबारसम्म अधिवेशन सकिएको हो । दशरथचन्द नगरपालिका-६, पाटन नगरपालिका-.४ र ६ मेलौली नगरपालिका-६ र ७ तथा सुर्नया गाउँपालिका-३ मा शनिबार अधिवेशन हुने एमाले बैतडी कार्यालय सचिव सरस्वती नेपालीले बताइन् ।

दशरथचन्द नगरपालिका-१ मा बिष्णुदत्त भट्टको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । २ मा खड्कसिंह बोहरा, ३ मा राजेन्द्र नाथ, ४ मा प्रेम बोगटी, ५ मा नमराज भट्ट, ७ मा हरिसिंह बडु, ८ मा किसन गुरु, ९ मा भवानीदत्त जोशी, १० मा गोविन्दसिंह बुडाल र ११ मा करन चन्द अध्यक्षमा चयन भएको एमाले बैतडी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लिलाधर भट्टले बताए ।

शिवनाथ गाउँपालिका-१ मा माधव चाड, २ मा प्रकाश साउँद, ३ मा देवानसिंह साउँद, ४ मा सेरसिंह महरा, ५ मा हमेश पहरी र ६ मा विक्रम धनाडी अध्यक्ष बनेका छन् ।

मेलौली नगरपालिका-१ मा प्रेमराम दयाल, २ मा खगेन्द्र वड, ३ मा हिम्मत चन्द, ४ मा मोहन चन्द, ५ मा तिलक सिंह पुजारा, ८ मा बहादुर ठगुन्ना र ९ मा अशाेकबहादुर चन्द अध्यक्षमा चयन भएको एमाले बैतडी जिल्ला सदस्य बलभद्र दयालले बताए ।

पञ्चेश्वर गाउँपालिका-१ मा कृष्ण घटाल, २ मा देवबहादुर चन्द, ३ मा बलवीर जोशी, ४ मा प्रकाश चन्द र ६ मा लक्षिसिंह भण्डारी चयन भएका छन् । दोगडाकेदार गाउँपालिका- १ मा उत्तम जाेशी, २ मा उमापति भट्ट, .३ मा करनराम भूल, ४ मा तर्कराज भट्ट, ५ मा मोहनसिंह कार्की, ७ मा नैनसिंह गोयला र ८ मा डम्बर विष्टको अध्यक्षतामा वडा कमिटी चयन भएको छ ।

पाटन-१ मा गणेशदत्त भट्टराई, २ मा महेशप्रसाद पन्त, ३ मा प्रेमसिंह विष्ट, ५ मा भरतसिंह ठगुन्ना, ७ मा कर्ण पेला, ८ मा हरिदत्त भट्ट, ९ मा इन्द्रसिंह बोहरा र १० मा मन्धिरसिंह साउद भए ।

पुर्चौडी नगरपालिका-१ मा जनकराज जोशी, २ मा हेमराज पन्त, ३ मा लक्ष्मण धामी, ४ मा बल्देव धानुक, ५ मा वीरसिंह बोहरा, ६ मा नारदप्रसाद अवस्थी, ७ मा देवसिंह ऐरी, ८ करनबहादुर धामी, ९ मा लोकेन्द्रबहादुर विष्ट र १० मा धनबहादुर महरा अध्यक्षमा चयन भएका छन् ।

सूर्नया गाउँपालिका १ मा उद्धबहादुर चन्द, २मा बिष्णुबहादुर विष्ट, ४ मा वीरेन्द्रसिंह महरा, ५ मा धौलसिंह मडै, ६ मा मदन कुँवर, ७ मा हर्कबहादुर कुँवर र ८ मा धनी साउँदको अध्यक्षतामा वडा कमिटी चयन भएकाे छ ।

डिलाशैनी गाउँपालिका-१ को अध्यक्षमा वीरेन्द्र महरा, २ मा जंगबहादुर घरडी, ३ मा गोकर्ण राना, ४ मा महेश पन्त, ५ मा कृष्णनाथ योगी, ६ मा धनसिंह माल र ७ मा जनक धामी चयन भए ।

सिगास गाउँपालिका-१ मा धनीराम भट्ट, २ मा कृष्णसिंह धामी, ३ मा मानसिंह ढाट, ४ मा मीनबहादुर बोहरा, ५ मा सुरेन्द्रसिंह धामी, ६ मा कालु दमाई, ७ मा कुटुक साउँद, ८ मा डम्बरसिंह बोहरा र ९ मा जनकसिंह धामी अध्यक्ष बनेका छन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : ५९ बजे

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको

शहीद उमेशकी आमा भन्छिन् : छोराको निधनपछि मन आत्तिएको छ, सरकारले जनाताको भलो गरोस्

काठमाडौं– जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको