पुदिना (बाबर) औषधिको रूपमा प्रयोग « Khabarhub

पुदिना (बाबर) औषधिको रूपमा प्रयोग


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुदिना (बाबर) औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
१. दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५-६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपचमा फाइदा हुन्छ ।
२. पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १–२ चम्चा रस केही मात्रामा वीरे नुन राखी ४ गुणा मनतातो पानीमा मिश्रित गरी खाँदा पेट फुल्ने ठिक हुन्छ ।
३. पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको सुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ । दिनको १०-१५ वटा ताजा पातलाई थिचेर पानीमा मिलाई मह वा थोरै कागती र नुन मिलाई दिनको २-३ पटक केही महिनासम्म खुवाउन सकिन्छ ।
४. पुदिनाको १० वटा पातलाई २०० ग्राम पानीमा पकाउने र पानी सुकेर चौथाइ भएपछि निकालेर बिहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ।
५. पुदिनाको पात पानीमा पकाउने र पानी सुकेर चौथाइ भएपछि निकालेर बिहान पिउँदा पेटको दुखाइमा आराम हुनुको साथै दम र खोकीमा फाइदा गर्छ ।
६. घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ ।
साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : ३८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना