मलेसियास्थित नेपाली दूतावासले भन्यो, ‘नेपाली कामदार खुलिसकेको छैन’ « Khabarhub

मलेसियास्थित नेपाली दूतावासले भन्यो, ‘नेपाली कामदार खुलिसकेको छैन’


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाली कामदारको श्रम गन्तव्य रहेको मलेसियामा नेपाली कामदार खुल्ला भइ नसकेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै नयाँ कामदारले मलेसिया प्रवेश गर्नेबारे मलेसिया सरकारबाट औपचारिक जानकारी नआएको जनाएको छ ।

नयाँ कामदारका लागि मलेसियाको रोजगारी खुलेको र दूतावासबाट माग पत्र प्रमाणीकरण भइरहेको भन्ने समाचारहरू सार्वजनिक भएकोमा ध्यानाकर्षण भएको भन्दै दूतावासले भिसाको म्याद भएका कामदार मलेसिया प्रवेश सक्ने व्यवस्था भए पनि नयाँ कामदार आउनबारे आधिकारिक जानकारी नभएको जनाएको छ ।

कोरोना महामारीका कारण रोकिएका तर, भिसाको म्याद भएकाहरूले मात्र मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिन क्वारेनटाइन बस्ने गरी प्रवेश पाउने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार कोभिड-१९ प्रभाव रोकथामका लागि मलेसिया सरकारले सन् २०२० को मार्च १८ देखि नै आवागमन नियन्त्रण गरेसँगै दूतावासले स्थगित गरेको माग पत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन ।

माग पत्र प्रमाणीकरणको काम सुरु हुनासाथ सूचना जारी गरिने हुँदा कुनै भ्रममा नपर्न दूतावासले नेपाली समुदायलाई अनुरोध गरेको छ । मलेसिया नेपालजस्तै हावापानी र वातावरण भएको मुलुक हो । जहाँ करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् ।

मलेसिया सरकारले भने पछिल्लो समय कोरोनाका कारण प्लान्टेशन सेक्टरमा कामदारको अभाव भएको भन्दै अब विदेशी कामदार भर्ना गरिने बताइसकेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ८ : ३८ बजे

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको

शहीद उमेशकी आमा भन्छिन् : छोराको निधनपछि मन आत्तिएको छ, सरकारले जनाताको भलो गरोस्

काठमाडौं– जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको