साँच्चै ! ठूला डाँका महलमा बस्छन् कि जङ्गलमा ? | Khabarhub Khabarhub

साँच्चै ! ठूला डाँका महलमा बस्छन् कि जङ्गलमा ?


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् ८० को दशकको मध्यमा भारतीय फोटोग्राफर प्रशान्त पञ्जियारले भारतका कुख्यात डाँकाहरूको बसोबास क्षेत्र मानिएका डरलाग्दा स्थानमा धेरै समय बिताए । यसै क्रममा उनले त्यहाँका थुप्रै तस्बिर पनि लिए ।

यस्ता धेरै डाँकाहरू मध्यप्रदेशको चम्बल क्षेत्रमा बसोबास गर्थे । पुलित्जर पुरस्कार विजेता पत्रकार पाउल कासोलपेकका अनुसार त्यस क्षेत्रबाट सञ्चालित समूहले गर्ने लुटपाट र हत्याजस्ता गतिविधि सामान्य झैँ थिए ।

सन् १९८२ को मेमा लामो प्रयासपछि प्रशान्त र उनका दुई साथीले चम्बलमा ‘बान्डिट किङ’ भनिने मल्खान सिंहलाई भेटे । उत्तर प्रदेशको क्षेत्रमा उनीहरूले दण्डहीनता मच्चाइरहेका थिए ।

यसको एक वर्षअघि मात्र आफूमाथि सामूहिक बलात्कार भएको भनेर फलुनदेवीले २२ जनालाई एकै पटक मारेकी थिइन् ।

चम्बलमा रहेका मल्खान सिंह र उनको ग्याङ त्यो समयमा धेरै डराएको थियो । कहिले नाङ्गै गोडाले या कहिले चप्पल लगाएर हिँड्न रुचाउने उनीहरूले खोलाको तीरमा आफ्नो वासस्थान बनाएका थिए ।

तेह्र वर्षको डकैती कालमा मल्खानले कति पटक त एकै ठाउँमा सय जना जम्मा गरेर बुटले बजारे । सन् १९८२ मा प्रहरीले यो ग्याङविरुद्ध डकैती, अपहरण र हत्याका ९४ वटा मुद्दा दर्ता गरेको थियो ।

प्रहरी प्रशासनले मल्खानको टाउकाको मूल्य ७० हजार रुपैयाँ राखेको थियो । अहिलेको बजारमा यो मूल्य कम मानिएला तर त्यो समयको भारतीय बजारमा निकै ठूलो थियो ।

सन् १९८२ मा प्रशान्त तथा उनका साथीहरू कल्याण मुखर्जी र बृजल सिंहले मध्यप्रदेशको कांग्रेस नेतृत्वको सरकारका प्रतिनिधि र ग्याङ सदस्यबीच आत्मसमर्पणका लागि वार्ता भइरहेको समयमा भेटेका थिए ।

‘उनीहरूलाई अप्ठेरो हुने गरी प्रकाशित नगर्ने शर्तमा विश्वसनीयतासहित म फोटो खिच्न सफल भएको थिएँ,’ सो समयको आफ्नो कामको बारेमा प्रशान्तले भनेका छन् ।

त्यति बेला मल्खान सिंह अग्ला र सुन्दर युवा थिए, प्रहरीको जस्तो लुगा लगाएका, समाजले खोजेको एउटा नायकजस्तै देखिने । प्रहरीमा आत्मसमर्पण गरेर सार्वजनिक हुँदा ३० हजार मानिसले ताली बजाएर उनको स्वागत गरेका थिए ।

प्रशान्तले त्यो समय खासै कोहीसँग नखुल्ने र अमेरिकामा निर्मित आफैँ लोड हुने राइफल बोक्ने ती अग्ला व्यक्तिलाई अहिले पनि सम्झिरहेका छन् । प्रशान्तका अनुसार ‘ती व्यक्ति कम बोल्ने र इगो राख्ने तर अरूलाई सम्मान गर्ने’ स्वभावका थिए ।

त्यस ग्याङमा रहेकाहरू रातको समयमा एकै हुला बाँधेर एक ठाउँबाट अर्को ठाउँमा जाने गरेका थिए । सुत्ने ओछ्यान, हतियार र वर्षातबाट बच्ने लगायतका सामग्री बोकेर हिँड्ने गरेका थिए ।

एक समूहमा एक जनाले एके ४७ बोक्थे भने अन्यले राइफल र कार्बिन बोक्ने गरेका थिए ।

प्रशान्तका अनुसार मल्खान चम्बलको सामाजिक संरचनाको प्रतिनिधित्व थिए । माथिल्लो जातका भनिनेहरूले गर्ने भेदभावविरुद्धमा प्रतिकार गर्दै आत्मसम्मानको खोजी गर्ने तल्लो तल्लो जाति भनिनेहरूको विद्रोहको स्वरूप नै मल्खान सिंह थिए ।

प्रशान्तले दुर्लभ लाग्ने त्यो तस्बिर लिन आफ्नो पेन ट्याक्स प्रयोग गरे, निक्सन क्यामरा भाडामा लिएका थिए ।

त्यसै वर्षको जुनमा हजारौँ जनाको उपस्थितिमा मल्खानले आत्मसमर्पण गरेका थिए । ग्याङको कुनै पनि सदस्यलाई मृत्युदण्ड नदिने सर्तमा आत्मसमर्पण भएको थियो ।

त्यति बेला मल्खान सिंह अग्ला र सुन्दर युवक थिए; प्रहरीको जस्तो लुगा लगाएका, समाजले खोजेको एउटा नायकजस्तै देखिने । प्रहरीमा आत्मसमर्पण गरेर सार्वजनिक हुँदा ३० हजार जनाले ताली बजाएर उनको स्वागत गरेका थिए ।

मल्खान सार्वजनिक भएसँगै धेरै सञ्चारकर्मीले तपाईंलाई कस्तो लागेको छ भनेर सोधेका थिए । मल्खान यस्तै प्रश्न प्रशान्तलाई गर्थे । यिनै मल्खानसहित उनको समूहका धेरैले काराबास भोगेका छन् । काराबास पूरा गरेर मल्खान राजनीतिमा छन् । उमेरले करिब उत्तराद्र्धका, ७८ वर्षीय, मल्खान सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) को कार्यकर्ताका रूपमा सक्रिय छन् ।

विगत स्मरण गर्दै मल्खान भन्छन्, ‘म डाँका होइन, विद्रोही थिएँ । साँचो डाँकासँग कसरी मुकाबिला गर्ने त्यो मलाई राम्रोसँग थाहा छ ।’
मल्खानजस्तै सनसनीपूर्ण डाँकाका रूपमा सन् ८० को दशकमा भारतमा चिनिएकी थिइन् फुलनदेवी । गरिब परिवारमा जन्मेकी, बाल्यकालमै बिहे भएकी र आफ्नै श्रीमानबाट कैयौँ पटक बलात्कृत भएकी फुलनदेवीको पीडा यतिमा सकिएन ।

श्रीमानको यौन उत्पीडनका कारण फुलनदेवी फेरि माइत फर्किन् । फुलनदेवीले आफ्नो आत्मवृत्तान्तमा श्रीमानलाई अत्यन्तै खराब व्यक्तिका रूपमा चित्रण गरेकी छन् ।

उनले घरबाट भागेर ग्याङ निर्माण गरिन् । त्यसै ग्याङमा एक जनासँग प्रेममा पनि परिन् । ग्याङमा भएको झगडामा उनका प्रेमी विक्रम मलाह मारिए, फुलनदेवी बन्धक बनाइइन् । त्यो समयमा उनी बारम्बार बलात्कारमा परिन् ।

त्यहाँबाट छुटकारा पाउने बित्तिकै फुलनदेवीले नयाँ ग्याङ बनाइन् । यसपछि उनले अर्को युवकसँग प्रेम गरिन् । अनि आफूलाई अन्याय गर्नेसँग बदला लिने क्रममा एकै पटक २२ जनाको ज्यान लिइन् ।

दुई वर्ष डकैतीमा संलग्न रहेर फुलनदेवीले सन् १९८३ मा आत्मसमर्पण गरिन् । आत्मसमर्पण गर्दा उनीमाथि अपहरण, डकैती र चन्दा सङ्कलन लगायत ४८ वटा मुद्दा लगाइएका थिए ।

यिनै मुद्दामा फुनदेवी ११ वर्ष जेल बसिन् । उनले २२ जनाको हत्या गरेको घटनालाई सञ्चारमाध्यम र नागरिक समुदायले उनको साहसका रूपमा व्याख्या गरे ।

सन् १९९४ मा समाजवादी पार्टीका मुलायम सिंह यादव उत्तर प्रदेशको मुख्यमन्त्री रहेको समयमा फुलनदेवीले बाँकी सजाय माफी पाइन् र जेलमुक्त भइन् । यसपछि उनी लगातार दुई पटक समाजवादी पार्टीबाट सांसदमा निर्वाचित भइन् ।

सन् २००१ मा सांसद रहेकै समयमा सेर सिंह राना नामका व्यक्तिले फुनलदेवीको सरकारी निवासको ढोकैमा उनीमाथि गोली प्रहार गरेर हत्या गरे । सेरसिंहका आफन्तलाई फुलनदेवीको ग्याङले बहमाइ भन्ने ठाउँमा मारेको थियो ।

सन् १९९४ फलुनदेवीको त्यो समयसम्मको जीवनीमा आधारित फिल्म ‘बेन्डीथ क्विन’ रिलिज भएको थियो जो भारतीय बजारमा अत्यन्त चर्तित भएको थियो ।

यस्ता अन्य धेरै उदाहरण भारतमा पाउन सकिन्छ । यस्तो समस्या भारतको उत्तर प्रदेशमा बढी छ । खराब आर्थिक र सामाजिक अवस्था रहेको उत्तर प्रदेश राज्यले डाँका भनेका धेरै व्यक्तिलाई आममानिसले सामान्य व्यक्तिका रूपमा चिन्थे ।

उत्तर प्रदेशको जलाऊ जिल्लामा जन्मिएकी फुलनदेवी आमाबाबुका चार सन्तानमध्ये कान्छी थिइन् । संयोगवश उनी र उनकी एक दिदीमात्र वयस्क हुँदासम्म बाँचे ।

घरको सम्पत्तिको विषयमा पहिलोपटक पारिवारमा धर्ना दिन खोज्दा फुलनदेवीले नातामा दाजु पर्नेबाट पिटाइ खाएकी थिइन् । यो घटना हुँदा उनी ११ वर्ष उमेरकी थिइन् । यसको केही दिनपछि पटैयालाल मलाहासँग उनको बिहे भएको थियो ।

फुलनदेवी एक दिन भागेर माइत गइन् । यसपछि श्रीमानले नै चोरीको आरोप लगाएका थिए । यसै कारण उनी जेलमा पुगेकी थिइन् । जेलबाट निस्किएर माइतमै बसेकी थिइन् अनि १६ वर्ष उमेर पुगेपछि माइतीकै प्रयासमा श्रीमानको घर फर्काइइन् ।

श्रीमानको यौन उत्पीडनका कारण फुलनदेवी फेरि माइत फर्किन् । फुलनदेवीले आफ्नो आत्मवृत्तान्तमा श्रीमानलाई अत्यन्तै खराब व्यक्तिका रूपमा चित्रण गरेकी छन् ।

फुलनदेवी पहिलो पटक ग्याङमा आबद्ध हुनुको कारण भने अस्पष्ट नै छ । कतिपयले उनलाई अपहरण गरेर ग्याङमा आबद्ध गराइएको अनुमान गरेका छन्, कतिपयले उनी आफँै घरबाट भागेर ग्याङमा गएको भनेका छन् । उनको आत्मवृत्तान्त ‘किस्मतका यही मन्जुर था’ भनेर उल्लेख गरेकी छिन् ।

बहमाई गाउँका ठाकुर खानदानका ठालुहरूबाट बलात्कृत भएपछि उनको जीवनमा नयाँ परिवर्तन देखिएको हो । बहमाईमा आफूजस्तै तल्लो जात भनिएका विक्रमको ग्याङका मान सिंह मलाहाको सहयोगमा उनी छुटिन् । यसपछि मानसिंह र फुलनदेवीको ग्याङले भारतमा एक पटक धेरै चर्चा पायो ।

कुनै समयमा भारतका चर्चित धावक पानसिंह टोमार आफूमाथि अन्याय भएको ठहर गर्दै डकैतीमा संलग्न भए । उनलाई प्रहरीले इन्काउन्टरमा मा¥यो । त्यसो त डाँकु पान सिंहलाई नजिकबाट चिन्नेहरू सञ्चार माध्यमले व्याख्या गरेअनुसार र राज्यपक्षले प्रस्तुत गरेअनुसार उनी खराब नभएको टिप्पणी गर्छन् ।

यस्ता अन्य धेरै उदाहरण भारतमा पाउन सकिन्छ । यस्तो समस्या भारतको उत्तर प्रदेशमा बढी छ । खराब आर्थिक र सामाजिक अवस्था रहेको उत्तर प्रदेश राज्यले डाँका भनेका धेरै व्यक्तिलाई आममानिसले सामान्य व्यक्तिका रूपमा चिन्थे ।

भारतमा मल्खान सिंह र फलुनदेवी डाँकाभन्दा नायकको कोटीमा चिनिने गरेका छन् ।

मल्खान सिंहले भनेजस्तै दक्षिण एसियाली देशमा रहेको यो सामाजिक र राजनीतिक परिवेशमा सबैभन्दा ठूलो डाँका को हो भन्ने प्रश्न शायद सधैँ उठ्ने गरेको छ । अनि मल्खानले भने जस्तै जङ्गलमा रहनेहरू भन्दा ठूला डाँका महलमै हुन सक्छन् जसले मल्खान, फुलनदेवी र पानसिंह लगायत धेरैलाई डाँका बनाए ।

-एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ९ : ०० बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन