‘शिक्षा क्षेत्रमा लक्ष्मण राजवंशीको योगदान अमूल्य’ « Khabarhub

‘शिक्षा क्षेत्रमा लक्ष्मण राजवंशीको योगदान अमूल्य’


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिद्धार्थ वनस्थली इन्स्च्युट (स्कुल) ले आफ्ना संस्थापक प्राचार्य लक्ष्मण राजवंशीले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएको छ ।

संविधानसभा सदस्यसमेत रहेका साहित्यकार एबं शिक्षाविद् राजवंशीको निधिन भएको अर्धवार्षिकीमा बुधबार स्कुलमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा प्राचार्य एवं छोरा रुपक राजवंशीले आफ्ना बुबाले देखाएको बाटोलाई अघि बढाउने प्रतिबद्धता जनाए ।

सिद्धार्थ वनस्थली स्कुल लक्ष्मण राजवंशीको एक मौलिक कृति भएको स्मरण गर्दै प्राचार्य राजवंशीले स्कुलका सम्पूर्ण शिक्षक तथा कर्मचारीको सामुहिक प्रयासले मात्र यसको साख र गरिमालाई उँचो बनाएको बताए ।

आगामी दिनमा सबैको सामूकिह प्रयासबाट विद्यालयलाई थप उचाइमा पुर्‍याउने दायित्व आफुमा आएको बताए । ‘विद्यालयलाई थप उचाइ दिए मात्र उहाँका जिवनकालका अनेक कामहरु चिर स्मरणीय हुनेछन्,’ उनले भने ।

संस्थापक राजवंशीले ६० जना विद्यार्थी भर्ना गरेर शिक्षा सेवा थालेका थिए । उनकै जीवनकालमा सो विद्यालयमा ५ हजार ४ सयभन्दा बढी विद्यार्थीले अध्ययन गरेका थिए ।

घरको भर्‍याङबाट लडेर घाइते भएका राजवंशीको ८६ वर्षको उमेरमा वैशाख १० गते नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाः राष्ट्रिय पार्टीको तर्फबाट दोस्रो संविधानसभाको सदस्य बनेका राजवंशीले सभामुख र उपसभामुखले राजीनमा दिएपछि जेष्ठ सदस्यका हैसियतमा बैठकको अध्यक्षता पनि गरेका थिए ।

नेपाल भाषाका प्रसिद्ध कथाकार तथा निबन्धकार, साहित्यकार, लेखक, विगतमा नेपाल भाषा एकेडेमी उपकुलपति, शिक्षाबिद, शिक्षाप्रेमी तथा समाजसेवी, २०४६ सालमा शिक्षामन्त्रीको सल्लाहकार भएका थिए ।

५२ वर्ष शिक्षण पेसमा संलग्न उनका २८ वटा पुस्तक प्रकाशित, २ वटा पुस्तक प्रकाशोन्मुख छन् । कोरोना भाइरसको संक्रमणका कारण बल्ल विद्यालय सुचारु भएपछि कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १२ : ४९ बजे

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई