डडेल्धुरामा अवैध काठ तस्करी, गाउँपालिका बेखबर « Khabarhub

डडेल्धुरामा अवैध काठ तस्करी, गाउँपालिका बेखबर


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुराको अजयमेरू गाउँपालिकामा अवैध काठ तस्करी भइरहेको छ। गाउँपालिका-२ स्थित वेताल सामुदायक वनमा व्यापक वन फँडानी गरेर अवैध काठ तस्करी भइरहेको हो।

दाउरा काट्न र काठ चिर्न बन्देज गरे पनि दोगाड चोर चोर्लेक सडक निर्माण भइरहेको मौका पारी वन पैदावार नियमविपरीत बिक्री भइरहेको स्थानीयको आरोप छ। यस विषयमा गाउँपालिका भने जानकारविहीन छ।

गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले यसबारे आफूलाई खबर आएको र सवडिभिजन र वडाध्यक्षलाई बुझ्न लगाएको प्रतिक्रिया दिए। सरोकारवाला निकाय उदासीन देखिएका कारण अवैध काठ तस्करी मौलाएको स्थानीय बताउँछन्।

‘सामुदायिक वनबाट वन कार्ययोजनाविपरीत अवैध रूपमा रूख फँडानी कार्य तीव्र छ। सामुदायिक वनमा भएको तस्करीमा मुख्य रूपमा सामुदायिक वन उपभोक्ता समितिकै पदाधिकारीको मिलेमतो हुन सक्छ,’ एक स्थानीयले भने।

यता, डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख रामबिचारी ठाकुरले सडक बनाउने क्रममा रूख कटान गरेको खबर आएको बताए। उनले भने, ‘टोली गएको छ। प्रतिवेदन आउनेवित्तिकै खबर गर्छु।’

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १ : ३५ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी