ओलीका पछाडि बयलगाडा वाला मात्रै लाग्छन् : माधव नेपाल « Khabarhub

ओलीका पछाडि बयलगाडा वाला मात्रै लाग्छन् : माधव नेपाल


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीका पछाडि बयलगाडा वाला मान्छे मात्रै लाग्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले विराटनगरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले क्रान्तिकारी सोच भएका र अग्रगामीहरू ओलीका पछाडि नलाग्ने दाबी गरे । ओलीले नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाडामा चढेर अमेरिका पुग्नु जस्तै हो भनेको स्मरण गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा केपी ओलीका विरुद्ध मात्रै बोलेका नेता नेपालले एमालेभित्र ९ हेक्टर भुइँचालो आएपछि कम्युनिस्ट आन्दोलन बचाउनका लागि अलग बाटो रोजेको बताए । आउने चुनावमा एमाले भन्ने पार्टीलाई टर्च बालेर खोज्नुपर्ने उनको भनाइ थियो ।

सत्ताको घोडामा चढेको बादशाहलाई सडकमा पछारेको भन्दै उनले अब एक नम्बर प्रदेशको सरकारलाई पनि यही हप्ताभित्र सडकमा पछार्ने बताए । कांग्रेस, एकीकृत नेकपा माओवादी, जसपालगायतका गठबन्धन दलसँग छलफल सकिएकोले राजेन्द्र राईको नेतृत्वमा सरकार बन्ने उनको भनाइ छ ।

उनले राजेन्द्र राईलाई जनताको सरकार भनेर चिनाउने गरी काम गर्न निर्देशन दिए । ‘गरिबको सरकार यो रहेछ भन्ने गरी काम गर्नुहोस्,’ उनले भने । धनीका समस्या होइन गरिबका समस्या बुझ्ने खालको भएर काम गर्न उनले राईलाई निर्देशन दिएका थिए । पाटीमा बढेको जनलहर देखेर एमाले कार्यकर्तालाई १ सय ४ डिग्री ज्वरो आएको समेत उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : १२ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी