ओलीले प्रचण्डलाई भने– मलाई करोडौँको भाँडाकुँडा के गर्नू ? (भिडियोसहित) « Khabarhub

ओलीले प्रचण्डलाई भने– मलाई करोडौँको भाँडाकुँडा के गर्नू ? (भिडियोसहित)


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले करोडौँ मूल्यका भाँडाकुँडा प्रयोग नगरेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपको खण्डन गर्दै उनले आफूलाई महँगो मूल्यका सामान नै नचाहिने बताएका हुन् ।

प्रचण्डले बालुवाटारमा ओलीले बाहिरबाट ल्याएर करोडौँको महँगा सामान राखेको आरोप लगाएका थिए। तर, ओलीले एमाले सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रचण्डको आरोपको खण्डन गर्दै भने,‘प्रचण्डले चितवन गएर के भनेछन् भने मलाई डेढ लाखको खाटमा सुत्यो भनेर उडाउँथे। केपी ओलीले करोडौंको किनेका रहेछन्। मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे। आफ्नै घरबाट लगेको हुन्थे, के को किन्नु सरकारी निवासमा ?’


ओलीले आफूले श्रीमतीले बनाएको एउटा रोटी र दुई गाँस भात खाएर बस्ने गरेको समेत स्मरण गराए। उनले भने, ‘यहाँ प्रधानमन्त्रीको निवासमा सेना बस्छ, सेनाले खानु पर्‍यो होला, खाना पकाउनु पर्‍यो होला। त्यहाँ ग्यास खर्च भयो होला। मेरो श्रीमतीले बनाएको यति खाना खाएर बस्छु म। अनि करोडौंको भाँडाकुँडा चाहिँ के गर्नु ? एउटा रोटी र दुई गाँस भात खाएर बस्छु। अनि करोडौँको भाँडाकुँडा। सुनका भाँडामा पकाउनु र आल्मुनियमको भाँडामा बनाउनुको कुनै फरक छैन।’

शुक्रवार चितवनमा पुगेर प्रचण्डले ओलीले आफूले बालुवाटार छाड्नै नपर्ने जस्तो गरेर करोडौंको भाँडाकुँडा किनेको आरोप लगाएका थिए।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : २९ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी