सिटी स्तब्ध, युनाइटेड चेल्सी विजयी, लिभरपुल रोकियो | Khabarhub Khabarhub

सिटी स्तब्ध, युनाइटेड चेल्सी विजयी, लिभरपुल रोकियो


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग (ईपीएल) मा शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले जित हात पार्दा लिभरपुल बराबरीमा रोकिएको छ भने म्यानचेस्टर सिटी स्तब्ध भएको छ ।

शनिबार राती भएको खेलमा युनाइटेडले टोटनहमलाई ३-० गोल अन्तरले पराजित गर्दा चेन्सीले न्युक्यासल युनाईटेडलाई समान गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुल ब्राइटनसँग २-२ को बराबरीमा रोकिँदा सिटी घरमै क्रिस्टल प्यालेससँग २-० ले स्तब्ध भएको हो ।

अन्य खेलमा आर्सनलले लेस्टरलाई २–० ले हरायो । साउथह्याम्पटनले वाट्फोर्डलाई १-० ले हराउँदा बर्नलीले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेकाे छ ।

खेलसँगै चेल्सी १० खेलबाट २५ अंकसहित पहिलो स्थानमा छ । २२ अंक रहेको लिभरपुल दोस्रो स्थानमा रहँदा म्यानचेस्टर सिटी २० अंकसहित तेस्रो स्थानमा छ । समान १७ अंकका साथ वेस्ट ह्याम, म्यानचेस्टर युनाइटेड र आर्सनल समान १७ अंक सहित चौथो, पाँचौ र छैटौं स्थानमा छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ०८ बजे

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण

बलान नदीको कटानले सुन्दरपुर बस्ती जोखिममा

सिरहा – सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको कटानले सुन्दरपुर

कवि जिरेलको ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक

काठमाडौं – कवि टेकबहादुर जिरेलद्वारा लिखित कवितासङ्ग्रह ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक

प्रहरीले नै अपहरण गरेर फिरौती मागेपछि…

काठमाडौं– तीन जना प्रहरीले दुई जनालाई अपहरण गरी फिरौती मागेको

बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः अग्नि सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा