प्रदेश १ मा सोमबार गठबन्धनको सरकार बन्छ : स्वास्थ्य राज्यमन्त्री खापुङ « Khabarhub

प्रदेश १ मा सोमबार गठबन्धनको सरकार बन्छ : स्वास्थ्य राज्यमन्त्री खापुङ


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवनी खापुङले सोमबारपछि प्रदेश १ मा गठबन्धनको सरकार बन्ने बताएका छन् ।

आइतबार धरान उपमहानगरपालिकामा भेटघाट तथा अन्तक्रिया गर्दै नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका राज्यमन्त्री खापुङले यस्तो बताएका हुन् ।

‘प्रदेश १ मा मुख्यमन्त्री नियुक्तिका बेलादेखिनै भीम आचार्य अल्पमतमा परिसकेकोले कात्तिक १५ पछि गठबन्धनको सरकार बन्ने निश्चित भएको छ, तर गठनबन्धन सरकारमा आलोपालो मुख्यमन्त्री बन्ने भन्नेबारे मलाई जानकारी छैन,’ उनले भने । राज्यमन्त्री खापुङले एकीकृत समाजवादीबाट नेता राजेन्द्र राई प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने दाबी गरे ।

यस्तै, स्वास्थ्य राज्यमन्त्री खापुङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार गर्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले स्वास्थ्यमन्त्री विरोध खतिवडासहित धरानका मेयर तिलक राई पनि सदस्य रहेको छानबिन समितिले तयार गरेर बुझाउने प्रतिवेदनले पदाधिकारी हटाउने कि नहटाउने भन्ने निर्णय हुने बताए ।

उच्चस्तरीय छानबिन समितिले छानबिन गरिरहेको अवस्थामा बीपीको बारेमा थप आफूले केही प्रतिक्रिया दिन नमिल्ने उनको भनाइ थियो ।

स्वास्थ्य राज्यमन्त्री खापुङलाई राजनितिक दल, नागरिक समाज, धरान सरोकार समाज काठमाडौँ लगायतका प्रतिनिधिले पैसा खुवाएर राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरुले बीपी प्रतिष्ठानलाई धरासायी बनाएकाले पदाधिकारी हटाउनुपर्ने र पैसा नतिरी आउने योग्य, दक्ष पदाधिकारी नियुक्त गर्नुपर्ने सुझाव समेत दिएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ३५ बजे

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र