जापानमा प्रधानमन्त्री किशिदाको पार्टी एलडीपीलाई प्रष्ट बहुमत « Khabarhub

जापानमा प्रधानमन्त्री किशिदाको पार्टी एलडीपीलाई प्रष्ट बहुमत


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानमा भएको आमनिर्वाचनमा सत्तारुढ दल लिब्रल डेमोक्रयाटिक पार्टी (एलडीपी) ले प्रष्ट बहुमत प्राप्त गरेको छ । ४६५ सिट भएको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा एलडीपीले २६१ सिट ल्याएको हो । अब एलडीपीलाई सरकार बनाउन कुनै गठबन्धन आवश्यक पर्दैन ।

एक महिनाअघि मात्र फुमिको किशिदा एलडीपीको तर्फबाट गठबन्धन सरकारको प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री बन्नुअघि ६४ बर्षीय किशिदा एलडीपीको नेता चुनिएका थिए ।

एलडीपीले जापानको राजनीतिमा दशकौंदेखि आफ्नो प्रभाव जमाउदै आएको छ । तर, महामारी नियन्त्रणमा प्रभावकारी कदम नचालेको भन्दै पार्टीको सर्वत्र आलोचना भएको थियो । यसअघि एक बर्ष प्रधानमन्त्री बनेपछि योशिहिदे सुगाले सेप्टम्बरमा पदबाट राजीनामा दिएका थिए ।

महामारीबीच सरकारले टोकियो ओलम्पिक आयोजना गरेको भन्दै सुगा नेतृत्वको सरकारको कडा आलोचना भएको थियो । प्रधानमन्त्री बन्नुअघि सन् २०१२ देखि सन् २०१७ सम्म उनी विदेशमन्त्री थिए । तर, प्रधानमन्त्री हुँदा प्रभावकारी काम नगरेको भन्दै उनको पार्टीले नै सुगाको राजीनामा मागेको थियो ।

एलडीपीले बहुमत नल्याउने निर्वाचनपछिका मत सर्वेक्षणले देखाएका थिए । सरकार बनाउन कुनै पनि पार्टीलाई २३३ सिट आवश्यक पर्छ । गठबन्धनको साझेदार पार्टी कोमिटोले ३२ सिट ल्याएको छ । जापानको संसदलाई नेसनल डायट भनिन्छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ३७ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष