इरान समूह विजेता बन्दै यू-२३ एसियन कपमा छनोट « Khabarhub

इरान समूह विजेता बन्दै यू-२३ एसियन कपमा छनोट


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इरान घरेलु टोली ताजिकिस्तानलाई हराउँदै एएफसी यू-२३ एसियन कप फुटबलका लागि छनोट भएको छ । आइतबार राति भएको खेलमा ताजिकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गर्दै इरान छनोट भएको हो ।

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा इरानलाई जित दिलाउन कप्तान यासिन सलमानीले ह्याट्रिक पूरा गरे । त्यस्तै जेइरोभ इस्लोम र एह्सोनी पान्सनबेले एक एक गोल फर्काए ।

जितसँगै समूह ‘बी’ को इरानले ३ खेलमा ९ अंक जोड्दै समूह विजेता बनेको छ । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ५९ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष